सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न भएको छ । शनिवारबाट सन्चालन भएको सिमकोट गाउँपालिका अधिवेशनमा सर्वसहमतिबाट सिमकोट गाउँपालिका वडा नम्तर तीनका वडाध्यक्ष तथा पालिका अध्यक्ष ताक्ला जिम्मेत लामा मुस्कानलाई सर्वसहमतिबाट पहिलो अधिवेशन गरेको माओवादी अध्यक्षमा निर्वाचीत गरेको छ ।
दुई दिनसम्म सन्चालन भएको सिमकोट गाउँपालिका नेकपा माओवादी केन्द्र सिमकोटले अध्यक्षमा ताक्ला जिम्मेत लामा मुस्कान्, वरिष्ठ उपाध्यक्षमा जंग बोहरा, उपध्यक्षमा प्रकास रावत, ढुक्ती लामा, सचिवमा विनोद विक, सहचिवमा कैलास रोकाया, र कोषाध्यक्षमा तेन्जिनजांमु लामालाई सर्वसहमतिबाट मनोनित गरेको जानकारी प्राप्त भएको छ । नेकपा माओवादी केन्द्र सिमकोट गाउँपालिकाले ५५ सदस्यीय पालिका कमिटी गठन गरेको सचिव विनोद विकले जानकारी दिए ।
आजै भएको पदाधिकारी समापन कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका इन्चार्ज अबिराम शाहीले जातिय भेगको भन्दा पनि सिधान्तको हिसावले सिमकोट गाउँपालिकाले पदाधिकारी छनोट गरेकाले अन्य पार्टीलाई चिनौती दिदै पहिलो पार्टी माओवादीमय बनाउँने बताए ।
नेकपा माओवादी सिमकोट गाउँपालिका मात्रै नभएर जिल्लाभर एकताबद्ध भएर लागि पर्यो भने माओवादी पहिलो पार्टी हुने प्रदेश कमिटी सदस्य तथा पूर्वसांसद छिमी दोर्जे लामाले बताए । अबको यात्रामा नेकपा माओवादी सबै एकताबद्ध भएर अगाडी बढ्नुका साथै आम कार्यकर्ताले माओवादीलाई हुम्लामा नम्बर एक पार्टी बनाउनुपर्ने बताउँदै प्रदेश कमिटी सदस्यले बताए ।