सिमकोट । सातवटा गाउँपालिका रहेको हुम्लामा ६ वटा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले सर्वसहमतिबाट अधिवेशन सम्पन्न गरेको छ ।
देशभर एकै साथ सुरु भएको अधिवेशन अन्तर्गत शनिबारबाट हुम्लामा पनि शुरु भएको अधिवेसनमा आइतबार ६ पालिकामा माओवादी केन्द्रले पालिका कमिटी चयन गरेको छ ।
सात पालिका रहेको हुम्लामा नाम्खा गाउँपालिकामा यस भन्दा पहिले पालिका अधिवेसन सम्पन्न भएर प्रेम लामालाई अध्यक्षतामा सर्वसहमति चयन भएको थियो, भने शुक्रबार देखि शुरु भएको अधिवेसनमा ४ वाट पालिकाले आइतबार पालिका कमिटी चयन गरेको छ ।
जसमा सिमकोट गाउँपालिका अध्यक्ष ताक्लाजिम्केत लामा (मुस्कान), ताँजकोटमा अकविर खड्का, अदनचुलीमा अध्यक्षय हरिदल पुन, चंखेलीमा कालि बहादुर बुढा (कुशल) र सर्केगाढ गाउँपालिका चन्द्रसिंह कार्की सर्वसहमतिमा कमिटी गठन गरेको माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य तथा पुर्व सभासद छिमीर्दोजे लामा (आशाकार)ले जानकारी दिए ।
जिल्लाको एक मात्रै खार्पुनाथ गाउँपालिकामा वडा २ थाली र वडा ३ रायाका माओवादी समर्थित कार्यकर्ता असन्तुष्ट जनाउँदा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्नुपरेको जानकारी प्राप्त भएको छ ।
खार्पुनाथ गाउँपालिका सर्वसहमति हुन नसकेपछि अधिवेशन उद्घाटन गरेर स्थगित गर्नुपरेको पूर्व पालिका अध्यक्ष सजक रावलले बताए । मङ्सिर १५ गते माथिल्लो निकायबाटै टुङ्ग्याउने तयारी गरिएको माओवादी केन्द्र हुम्लाले जानकारी दिएको छ ।
गठन हुन नसकेका पालिकाहरुमा पनि छिट्टै सर्वसहमतिमा कमिटी गठन गरिने माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य लामाले बताए । पार्टीको नीतिअनुसार प्रत्येक गाउँपालिकामा ५५ सदस्य पालिका कमिटी गठन गरिएको लामाले बताए । जिल्लाको सम्पूर्ण पालिकाहरूको पहिलो अधिवेशन हरेक हिसाबले समानुपातिक बनाउने प्रयास गरिएको छ ।
सिमकोट गाउँपालिकामा छिमीदार्जे लामा, सर्केगाढ गाउँपालिकमा डा. दीपेन्द्र रोकाया, चंखेलीमा विजय भण्डारी, अदनचुली गाउँपालिकामा लालकेश जैशी र ताँजकोट गाउँपालिकामा गोपाल बुढाको प्रमुख आतिथ्यामा कमिटी गठन भएको छ । यस्तै, जिल्लाको खापुनाथ गाउँपालिकामा उद्घघाटन सत्र सुरु भएर अधिवेशन स्थगित भएको छ भने नाम्खा गाउँपालिकामा गएको महिनामा सर्वसम्मत अधिवेशन सम्पन्न गरेको छ ।