उत्तरी हुम्ला हिमपात सिमकोटमा चिसो बढ्यो

बेलुमाया महतारा बिहिबार, मंसिर १६, २०७८

सिमकोट । मंगलबार रातिदेखि मौसममा फेरवदल आएसँगै हुम्लामा चिसो अत्याधिक बढ्दै गएको छ । बुधबार विहानदेखि हुम्लामा बाक्लो बादल लागि रहेको छ भने आज विहान देखि सिमकोट सहित तल्लो भेगमा पानी परिरहेको छ । उत्तरी हुम्लामा हिमपात भईरहेको छ । मौसममा फेबदल आएसँगै सदरमुकाममा चिसोको महशुस गर्न थालिएको छ भने यहाँको तापक्रम माइनसमा झरेको छ ।

चिसो मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीयले बताएका छन् । चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडाको खरिद गर्न थालेका छन । चिसोको समयमा यहाँ बाक्लो ज्याकेट, ऊनको टोपी, हातमा पञ्जा, गलबन्दीलगायत बाक्लो कपडा खपत हुने गरेको छ ।

सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको सङ्ख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडाको खरिद गर्न थालेका छन् । दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको चाप बढ्दै गएको महसुस गरिएको यहाँ स्थानीय गोरासिंह भण्डारीले बताउनुभयो । चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोवास गर्दै आएका तल्लो गाउँ, माथिल्लो, बजारवासी र कर्मचारी, विद्यार्थीले दाउराको समेत खरिद गर्ने गर्दछन् । चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

उत्तरी क्षेत्र हिमपात

हुम्ला उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ । उत्तरी नाम्खा गाउँपालिका उच्च भेग पर्ने भएकाले विहानैबाट हिमपात सुरु भएको छ । विहान पाँच बजेबाट हिमपात सुरु भएको छ । हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ । अहिले चालाको तापक्रम माइनस ५ डिग्री पुगेको छ । चिसो बढेसँगै यहाँका नागरीकलाई दैनिकीमा थप कठिनाई भएको छ ।

कर्मचारीलाई काम गर्न थप मसस्या

जिल्ला सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई काम गर्न समस्या बनाएको छ । सदरमुकाम सिमकोट सहित आसपासका क्षेत्रमा विहानदेखि निरन्तर पानी परिरहेको छ भने उत्तरी हुम्लामा हिमपात भईरहेको छ । मौसममा फेरवदल आउँदा सिमकोटमा चिसो बढेको हो । चिसोका कारण कमै मात्र सेवाग्राही सेवा लिन आएको विभिन्न कार्यालयका कर्मचारीले बताएका छन् ।

हवाई सेवा बन्द

हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा खराब मौसमका कारण आज अवरुद्ध भएको छ । जिल्लामा विहानदेखि बाक्लो बादल लाग्नुका साथै पानी परिरहेका कारण हवाई सेवा अवरुद्ध हुन पुगेको सिमकोट विमानस्थल श्रोतले जानकारी दिएको छ । आजदिनभर पानी परिरहेका कारण हवाई सेवा अवरुद्ध हुनुका साथै खाद्यान्न देखि दैनिक उपभोग्य सामाग्री ढुवान हुन नसकेको हो । यस्तै जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन् भने जिल्ला बाहिर नेपालगञ्जबाट हुम्ला पुग्ने यात्रु उतै रोकिएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]