हुम्लाका नौ हजार बालबालिकालाई मोर्डना खोप दिईने

नेपालचेक समाचारदाता मंगलबार, मंसिर २८, २०७८

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ । जिल्लामा हालसम्म कोरोना विरुद्धको खोप लगाउन नपाएका १८ वर्ष भन्दा मुनीका बालबालिकालाई मोर्डना खोप लगाइने भएको हो । सम्भावित कोरोना संक्रमणबाट बच्नका लागि १८ वर्ष भन्दा माथिका उमेर समूहका बालबालिकालाई उक्त खोप लगाइन लागिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका कार्यालय प्रमुख प्रेम बहादुर सिंहले बताए ।

प्रमुख सिंहले भने, तोकिएका उमेर समुहका ९ हजार ६ सय २१ जना बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाइने भएको छ । उक्त खोप पुस ४ गतेदखि १४ गतेसम्म जिल्लाका सात वटा गाउँपालिकाका १ सयवटा खोप केन्द्र मार्फत लगाइने भएको छ । दुई दिनभित्र सातवटै गाउँपालिकाका स्वास्थ्य संयोजकहरुसँग भर्चुअल रुपमा मोर्डना खोपका बारेमा बैठक राखेर त्यस लगत्तै खोप सहित स्वास्थ्यकर्मी परिचालन गरेर अभियानका रुपमा सञ्चालन गरिने प्रमुख सिंहले बताए ।

यसका लागि एक जना खोप सम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँ गाउँमा रहेका स्वास्थ्य स्वयम सेविका परिचालन गरिने भएको छ । खोप अभियान सञ्चालनका लागि शनिबार जिल्ला खोप समन्वय समितिको बैठकले मिति तय गरेको छ । खोप केन्द्र तोक्ने जिम्मा कार्यालयलाई लगाएको छ ।

उक्त खोप २०६१ देखि २०६६ सालसम्म जन्मेका १२ देखि १७ वर्ष उमेर समुहका बालकालिकाले लगाउन पाउने भएका छन् । खोप २८ दिनको फरकमा दोस्रो मात्रा माघ २ देखि १२ गतेसम्म सम्वन्धित तोकिएको खोप केन्द्रमा लगाइने भएको छ ।

हिमपातको कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिनाई हुने देखिएपछि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका वडा ४, ५ र ६ का बालबालिकालाई भने नलगाइने भएको छ । ती वडाका बालबालिकालाई हिउँदे समय सकिएपछि खोप लगाउने कार्य हुनेछ । उक्त खोप सञ्चालनका विषयमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यक्षतामा बैठक बसेको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]