काठमाण्डौँ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी उनले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।
सो पार्टीमा त्रिपाठीको संयोजक त्रिपाठी नै रहेका छन् । गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए ।
प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।