सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट नजिक दाउरा काट्ने क्रममा युवाको मृत्युभएको छ । शुक्रबार दिउँसो सिमकोट गाउँपालिका वडा ५ मा पर्ने स्याकस्याके वन क्षेत्रमा रुख काट्ने क्रममा सोही रुखले च्यापिएर मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
खार्पुनाथ गाउँपालिका वडा ४ घर भएका ३१ वर्षका शाहमल रोकायाको शुक्रबार दिउस मृत्युभएको हो । मृतक रोकायाको घर खार्पुनाथ गाउँपालिकामा घर भएको भएपनि उनि दाउराका लागि सिमकोट गाउँपालिकाको वनमा पुगेका थिए । मृतक रोकायाको दाउरा काट्ने क्रममा घट्नास्थलमै मृत्युभएको हो ।
उक्त खवर प्राप्त भए लगतै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माको टोलि सम्बन्धीत घटना स्थलमा पुगी लाशको घटना स्थलमा मुचुल्का समेत गरेको थियो । उक्त लाशलाई पोष्टमाटमको लागी जिल्ला अस्पतालमा ल्याइएको छ ।
पोष्टमाटम पछि मात्रै मृतक रोकायाको हिन्दु संस्कार अनुसार दाहसंस्कार गरीने भएको आफन्तले बताएका छन् ।