खार्पुनाथका नागरीकले एक वर्षदेखि खाद्यान्न पाएनन्

नेपालचेक समाचारदाता बिहिबार, पौष ०८, २०७८

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा १ देखि ५ सम्म रहेका नागरीकले वर्षदिन देखि खाद्यान्न नपाएको गुनासो गरेका छन् ।

सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङ्चु बजारमा रहेको विक्री केन्द्रमा खाद्यान्न ढुवानी नहुँदा चामल नपाएको यहाँका नागरीकले बताउने गरेका छन् । मासिक पाउनुपर्ने खाद्यान्न गएको वर्षदेखि नपाएपछि खार्पुनाथ गाउँपालिकाका स्थानीय नागरिक खाद्यान्नबाट पाउनबाट बन्चित हुनु परेको छ ।

एक वषदेखि याङ्चु बजारमा रहेको विक्री केन्द्रमा खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयले खाद्यान्न नपाएको वडा २ थालीका स्थानीय लामा रावलले बताए । रावलले भने, “ वडा २ थालीका ३ सय घर रहेका छन्, उनिहरु सहित अन्य वडाका स्थानीयले पनि वर्ष दिन खाद्यान्न नपाउँदा प्रत्यक्ष समस्यामा परेका छन् । ”
वर्षको एक पटक मात्रै गएको असार महिनामा थालीका ३ सय घरदुरीलाई भने ३० केजीको दरले प्रतिघरधुरीलाई एक बोरा बाहेक त्यस यता खाद्यान्न वितरण नभएर नपाएको रावलले बताए ।

खार्पुनाथको याङ्चु बजारमा रहेको बिक्री केन्द्रमा ५ सय क्विन्टल ढुवानी हुनु पर्ने भएपनि अहिलेसम्म खाद्यान्न ढुवानी नभएपछि खार्पुनाथ गाउँपालिकाका नागरीकले सेतो चामल पाउनबाट बन्चित हुनुपरेको छ ।
त्यस्तै गाउँपालिकाले समेत खाद्यान्न ढुवानीका लागि कुनै पहल नगरेको रावलले आरोप लगाउनुभयो । हुम्ला जिल्लाका अधिकांस डिपो र विक्रि केन्द्रमा ढुवानीको जिम्बा लिएका ठेकेदारहरुको चरम लापरवाहीका कारण स्थानीयले पाउनु पर्ने खाद्यान्न पाउन नसकेका हुन् ।

यस्तै जिल्लाको दक्षिण भेगहरुमा रहेका सर्केगाड डिपो, छप्रेला, श्रीनगर लगायतका विक्री केन्द्र तथा डिपोहरुमा यतिबेला खाद्यान्न अभाव भएको छ । विकट जिल्लाका लागि खाद्यान्न ढुवानी गर्ने जिम्मा लिएका ठेकेदारहरुले समयमै ढुवानी नगर्दा दक्षिण भेगमा थप संकट निम्तीने देखिएको छ ।

खार्पुनाथ गाउँपालिका देखि दक्षिण भेगमा रहेका विक्री केन्द्र तथा डिपोका लागि पैदल मार्ग भएर खाद्यान्न ढुवानी हुँदै आएको छ । अब पुस, माग महिनामा हुम्ला सहित कर्णालीका उच्च हिमाली जिल्लाहरुमा अत्याधिक हिमपात हुने गर्दछ । त्यसपछि सडक अवरुद्ध भएपछि ढुवानी हुने खाद्यान्न रोकिने गर्दछ ।

ठेकेदारहरुको चरम लापारी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोटको वेवास्ताका कारण यहाँका नागरीकले वर्षे समस्या झेल्दै आउनुपरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]