अप्रेटरले तलब नपाउँदा विद्युत सेवा बन्द

नेपालचेक समाचारदाता शुक्रबार, पौष ०९, २०७८

सिमकोट । विधुतका अप्रेटरले एक वर्षदेखि तलव नपाएको भन्दै छुईपुग जलविधुत आयोजनाको सम्पुर्ण सेवा बन्द गरिएको छ ।

सिमकोट गाउँपालिकाको वडा ८ को खोल्सी र नाम्खा गाउँपालिका वडा ४ लामा खोल्सीमा रहेको छुईपुग जलविधतुत आयोजना बुधबारबाट बन्द गरिएको छ ।

विधुत आयोजनाका अप्रेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलव नपाएपछि उक्त विधुत बुधबारबाट गरेका हुन् । गत वर्षको माघ महिनादेखि विधुत सञ्चालन गर्दै आएको भए पनि आफुहरुले पाउने सेवा सुविधा र तलव नपाएपछि उक्त विधुत बन्द गर्न बाध्य भएको अप्रेटर ग्याल्जन लामाले बताए । अप्रेटर लामाले भने, “आफु दुबै जनाले मासिक रुपमा पाउनु पर्ने रु १०।१० हजारका दरले हो । अवत झण्डै एकवर्ष भई सक्यो प्रति व्यक्तिले एक लाख रुपैयाँ पाउनु पर्ने हो तर कसैको ध्यान जान सकेको छैन ।” त्यसैले बुधबार ७ गतेबाट विधुत सेवा बन्द गर्ने निर्णय गरेका हौँ ।”

विधुत बन्द गरिएपछि दुईवटा वडाका २ सय २० घरदुरी अन्धकारमा बस्न बाध्य भएका छन् । खोल्सी गाउँका ९० घरधुरी, लामा खोल्सी र खगाँलगाउँ गाउँका १ सय ३० घरधुरीका परिवारले उठाएको रकमबाट अप्रेटरलाई तलव खुवाउने निर्णय थियो । उक्त निर्णय उल्लघन गर्दै आफुहरुलाई तलवको वास्ता नगरेपछि आफुहरुले विधुत सेवा बन्द गर्नु परेको अप्रेटर लामाले बताए ।

तलवका लागि प्रत्येक घरपरिवारले रु १ सय रुपैयाँ सङकलन गर्नु पर्ने हो । त्यो रकम सङकलन नगर्दा आफुहरुले विधुत सेवा बन्द गरि ताला लगाएको अप्रेटर लामाको भनाई छ । उक्त तलव नदिँदासम्मका लागि अनिश्चतकालका लागि विधुत सेवा बन्द गरिने भएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]