सिमकोट । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वीयु) जिल्ला कमिटी हुम्लाले सदस्यता वितरण कार्यक्रमलाई तीब्र पारीरहेको छ । बुधबार देखि ताँजकोट गाउँपालिकाबाट सुरु गरेको अभियानले आइतबार सर्केगाड गाउँपालिकामा कार्यक्रम गरेर सम्पन्न गरेको छ । आइतबार सर्केगाड गाउापालिका अनेरास्वीय गाउँकमिटी संयोजक उब्जन विकको अध्यक्षतामा जिल्ला कमिटीका संयोजक जयराज सन्ज्यालको प्रमुख आथित्यमा र नेकपा एमाले सर्केगाड गाउँकमिटी अध्यक्ष भिम बहादुर सिंहको विषेश आथित्यमा सदस्यता वितरण कार्यक्रम सम्पन्न गरेको जानकारी प्राप्त भएको छ । सर्केगाड गाउँकमिटीका संयोजक विकको संयोजकत्वमा ३९ सदस्यीय अनेरास्वीय गाउँ कमिटी गठन गरीएको जिल्ला संयोजक सन्ज्यालले जानकारी दिए । संयोजक सन्ज्यालले जिल्लामा रहेका सातवटै गाउँपालिमा पुगेर अनेरास्वीय सदस्यता तथा संगठन विस्तारलाई तीब्रता लिएर मजुबत बनाएर अगाडी बढ्ने बताए ।
अनेरास्ववियुलाई विद्यार्थीहरूको साझा संगठनका रुपमा स्थापित गर्ने उद्देश्यका साथ जिल्लाका सातवटै गाउँपालिकामा पुगेर संगठन निर्माण तथा सदस्यता वितरण अभियानलाई तीब्र पारीएको संयोजक सन्ज्यालले बताए ।
ताँजकोट गाउँपालिकामा सम्पन्न गरेर अदानचुली गाउँपालिकाको श्रीनगरमा रहेको सभाहलामा एक औपचारीक बैठक बसी शनिवार सदस्यता बितरण तथा पहिलो बैठक सम्पन्न गरेको छ ।
अनेरास्ववियु अदानचुली गाउँ कमिटी उपाअध्यक्ष दिपेन धामीको अध्यक्षतामा,जिल्ला कमिटी अध्यक्ष सन्ज्यालको प्रमुख आतिथ्यमा,नेकपा एमाले गाउँ कमिटी अध्यक्ष बुध भण्डारीको बिषेश आतिथ्यमा र अदानचुली गाउँपालिका वडा ५ का वडाध्यक्ष महाबिर छत्याल तथा अदानचुलीका संस्थापक नेताहरुको आमन्त्रीतमा बैठक बसी सदस्यता बितरण गरिएको छ ।
जिल्लको तल्लो भेगमा मात्र अनेरास्ववियुको सदस्याता १ हजार पुराउने लक्ष्यका साथ यो अभियानमा अदानचुलीका ५० जना सदस्यहरुलाई सदस्यता वितरण गरेको अनेरास्ववियु अदानचुली गाउँ कमिटी सचिव दिनेश पाण्डेले बताए ।
यस्तै अनेरास्वीयु ताँजकोट गाउँ कमिटी इन्चार्ज जगत शाहीको अध्यक्षतामा २९ सदस्यीय प्रारम्भीक गाउँ कमिटी वगठन गरीएको हो । उपाध्यक्षमा सोभानी साह, सर्मिला शर्मा,जनक रोकाया,सचिवमा भिम रोकाया, सह सचिवमा संगीता शर्मा,कोषाअध्यक्षमा कुशुमकली रोकाया गरी २९ सदस्यीय प्रारम्भीक कमिटी गरिएको हो । अनेरास्वीय जिल्ला कमिटी हुम्लाले दगिण भेगमा रहेका तीनवटा गाउँपालिकामा सदस्य वितरण कार्यलाई सम्पन्न गरेको छ । ताँजकोट गाउँपालिकाबाट सुरुभएको यो अभियान उत्तरी नाम्खा गाउँपालिकामा पुगेर सम्पन्न हुने भएको छ । अब सिमकोट, चंखेली, खार्पुनाथ र नाम्खा गाउँपालिकामा सदस्य वितरण कार्य हुन बाँकी रहेको छ ।
साथै अनेरास्वीयु कोभीड १९ को खोप लगाउन छुटेका बिधार्थी र अन्य बालबालिकाका लागी खोप दिलाउन पहल गर्ने,आगामी चैत महिनामा एसइई दिने बिधार्थीका लागि एसइई टिउसनको सहजिकरण गर्ने बताइएको छ ।