एक वर्षमा ३९ थान मुद्दा दर्ता

नेपालचेक समाचारदाता सोमबार, पौष १२, २०७८

सिमकोट । जिल्ला प्रहरी कार्यालय हुम्लामा ०७७ पौष देखि ०७८ पौषसम्म ३९ थान मुद्दा दर्ता भएका छन् । एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय हुम्लामा ३९ थान मुद्दा दर्ता भएका हुन् । गाउँघरमा मिलापत्र हुने भएका कारण जिल्ला प्रहरी कार्यालयमा कम दर्ता हुने गरेका छन् ।

जसमा कुटपिट, खाना लाउन नदिएको, सामान्य झै झगडा गरेकाको हकमा ठाडो उजुरी परेका १४ वटा घटना बाहेक अन्य भव्यतवी, जवरजस्ती करणी, जवरजस्तीकरणी उद्योग, जुवातास, अभद्र व्यवहार, सवारी, चोरी, ठगी, झुण्डीएको, ज्यानमार्ने उद्योग, वहुविवा, अपरहण तथा शरिर वन्धक लगायतका गरेर ३९ वटा मुद्दा दर्ता भएको प्रहरी निरिक्षक दामु पुनले बताए ।

त्यस्तै महिला सेलमा ठाडो उजुरी परेर आएका मध्ये कुटपिट, खाना लगाउन नदिएको सामान्य झै झगडा गरेर निवेदन दिनेहरुका लागि दुवै पक्षलाई झिकाएर कानुनी परामर्श दिई दुवै पक्षलाई मिलापत्र गराएर घर पठाएको महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी जवान मिना आलेले बताईन् ।

महिला तथा बालबालिका सेवा केन्द्रमा कुटपिटका ४, खाना लगाउन नदिएको ४, सामान्य झै झगडाका ४, मधिरा सेवन गरी दिलएको धम्कीको २ वटा रहेका छन भने भव्यतवी १६ वटा, जवरजस्ती करणी ४, जवरजस्ती करणी उद्योग ३, जुवातासको १, अभद्र व्यवहारका ५, सवारी ज्यानको १, चोरीका ३, ठगीको १, अपराधिक १, ज्यान मार्ने उद्योग १, वहुविवाहका २, अपहरण तथा शरिरवन्दक १ वटा गरी जम्मा ५३ वटा मुद्दाको उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाले जघन्य अपराध बाहेकका सामान्य घरयासी झै झगडाका मुद्दाहरु मेलमिलाप गरेर घर पठाउने गरेको र जिल्ला प्रहरी कार्यालयबाट मेलमिलाप गरी पठाई सकेपछि पुन दोहोरीएर जिल्ला प्रहरी कार्यालयमा दर्ता गर्न नआएको महिला सेलका प्रमुख आलेले बताइन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]