सिमकोट । हिमालि जिल्लामा हिमपाद संगै अत्याधिक चिसो बढेपछि हुम्लाका अधिकांश बिधालयका विद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिन बाध्या भएका छन । सात गाउपालिका रहेको हुम्ला जिल्लाका अधिकंस विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ ।
जिल्लाका तेस्रो पटक हिमपाद भएपछि चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था आएपछि घाम ताप्दैे खुला चौरमा बसी हुम्लाका विद्यार्थीहरुको परीक्षा लिइएको मानसरोबर माध्यामिक बिधालयका प्रधान ध्यापक अमर बहादुर शाहीले बताय ।
कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएको कारण त्यसैले घाम लाग्ने खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकाको सुर्यदय माध्यमिक विद्यालयमा कक्षा नौ मा अध्ययनरत छात्र दिपक फडेराले जानकारी दिए ।
फडेराको अनुसार हुम्लामा हिमपाद भएपछि बिधालयको कक्षा कोठाभित्र चिसोले हात कठ्यांग्रिएर कलम चलाउन समेत कठिन छ । त्यसैले कक्षामा परीक्षा दिन बसेका विद्यार्थीहरु सबै घाम लाग्ने चौरमा आउन बाध्य छन ।
हिमालि जिलला हुम्लाका विद्यार्थीले यस वर्ष कोरोनाले पुरै समय अध्ययन गर्न नपाएको नागरीक समाज अगुवा राज बहादुर रोकायाले बताउनु भएको छ । त्यसमाथि चिसोले चिसोले परीक्षा दिन सकस भइरहेको र चौरमा आई घाममा बसेर परीक्षा दिँदा बल्ल लेख्न बाध्याता भएको रोकायाले बताए ।
सिमकोट गाउपालिका मानसरोबर नमुना माध्यामीक विद्यालयकी छात्रा अनिता रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताइन । विद्यार्थीहरुले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको मानसरोबर विद्यालयको स्रोतले जानकारी दिएको छ ।
अर्धवार्षिक परीक्षामा सहभागी हुने शिक्षक रेशम राज रोकाया भने चिसोले प्रभावित भएपछि विद्यालय व्यवस्थापन समिति घाम लागेको चौरमा परीक्षा सञ्चालन गर्न राजी भएको पछि विद्यालयले चौरमा परीक्षा सञ्चालन बताय ।
दुई वर्ष अगाडिसम्म यो समयमा हुम्लाका विद्यालयहरुले वार्षिक परीक्षा सञ्चालन गर्ने गथ्र्यो । कोरोनायता पठनपाठन हुन नपाएपछि जिल्लाका विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ।