सिमकोट । हिमाली जिल्लामा बुधबार विहान देखि हिमपात भएको छ । विहानै देखि हिमपात हुँदा हुम्लाका डाडाकाडा सेताम्ये देखिएका छन् । अहिले हिमपात निरन्तर भईरहेको छ । चौथो पटक भारी हिमपात हुँदा किसान उत्साहित बनेका छन् भने सदरमुकाम सिमकोटमा विभिन्न उमेर समूहका नागरीक हिउँ खेलेर रमाई रहेका छन् । हिमपातले चिसो अत्याधिक बढेको छ । तापक्रम माइनस १२ डिग्री सेल्सीयस पुगेको । यस्तै अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात अवरुद्ध भएको छ । छोटो दुरीका सवारी साधन समेत सञ्चालनमा बन्द रहेका छन् ।
तस्विर :दाने बोहरा