हिमपातले हवाई सेवा अवरुद्ध, जिल्लाभरको जनजीवन कष्टकर

दाने बोहरा बुधबार, पौष १४, २०७८

सिमकोट । हिमाली जिल्ला हुम्लामा बुधबार विहान देखि भारी हिमपात हुँदा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिटए एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरुको सामाग्री ढुवानी नसकेको हो ।

भारी हिमपातले जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाभरको जनजीवन प्रभावित भएको छ । बुधबार (आज) बिहनदेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ ।

उत्तरी नाम्खाको जनजीवन प्रभावित

लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका वासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ । सिमकोटमा बिहानै देखि परेको हिउँ २ फिट जमेको छ । सिमकोटको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्याधिक बढेको छ ।

हिमपातले नाम्खा गाउँपालिकाको लिमि, मुचु, लगायतका क्षेत्रमा ४ फिट हिउँ जमेको तुमकोटका स्थानीय छपाल लामाले बताउनुभयो ।

यो वर्षकै ठूलो हिमपात भएको बताउनुभएका लामाका, अनुशार हिमपातले मुचुका खोलामा पानी जमेर बहाब कम भएको छ । सबैतिरको पानी समेत जमेर पुरै ठोस भएकोछ । जाडेले घरभन्दा बाहिर निस्कन सकिएको छैन् । चिसोले खानेपानीका धारा जमेका छन् । मुचुको तापक्रम माइनस २० मा पुगेपछि सबै खेलानालाको पानी समेत ठोस बनेका हुन् ।

सिमकोटमा २ फिट हिउँ

आज बिहान देखि निरन्तर रुपमा परेको हिमपातले हुम्ला सदरमुककाम सिमकोटमा झण्डै दुई फिट हिउँ जमेको छ ।

हिमपातले सिमकोटको तापक्रम माइनस १२ डिग्री भन्दा तल झरेको छ । अत्याधिक चिसो र हिमपात भैरहेका कारण बिहानै देखि चहलपहल हुने गाउँहरु समेत सुनसान जस्तै देखिएका छन् ।

निरन्तर रुपमा हिउँसँगैको अत्याधिक जाडोले सिमकोट आसपासको जनजीवन निकै प्रभावित बनाएको हुम्लाका सहायक प्रमख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो । हिमपातले अहिलेसम्म कुनै अप्रीय घटना नघटेको र जाडोबाट बच्न जिल्लाका सबैलाई आग्रह गरेका छन् ।

चिसोले कार्यालयमा काम गर्न समस्या

सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी बुधबार दिनभर काम गर्न थप समस्या बनाएको छ । विहानै देखि जिल्लामा निरन्तर हिमपात भईरहेकाले घाम नलाग्दा हिडरको सहायतामा सेवाग्राही नआएपनि कार्यालयमा बस्नु परेको छ । जिल्लामा रहेका सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राही भिड आज नभए पनि हिमपातको चिसोले कर्मचारी काम गर्न थप समस्या बनाएको छ ।

आगो बालेर व्यवसया सञ्चालन

सिमकोटमा रहेका पलस व्यवसायीहरुले आफ्नो घरको आगनमा आगो बालेर पसल व्यवसाय गरीरहेका छन् । सिमकोटमा चिसो अत्याधिक बढेको छ । पसलहरुमा ग्राहकहरु क्मै उपस्थित भएपनि शरिरलाई न्यानो बनाई राख्नका लागि आगोको सहायताले दिन कटाएका छन् ।

विद्यालय बन्द

मङ्लबार राती दश बजेबाट जिल्लामा नियमीत हुँदा सिमकोटमा रहेका सामुदायिक तथा निजी विद्यालय बुधबार दिन बन्द गर्नु परेको छ  । गएराती देखि परेको हिमपातले स साना बालबालिका विद्यालय जान नसक्नुका साथै ठुला बालबालिका विद्यालय पुग्न सकेपनि चिसोले समस्या बनाएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो । सिमकोटमा रहेका सामुदायिक विद्यालयहरुमा यतिबेला अर्धवार्षिक परीक्षा सञ्चालन भई रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]