आज तमू ल्होछार, गाई बर्गको विदाई, बाघ बर्गको स्वागत

नेपालचेक समाचारदाता बिहिबार, पौष १५, २०७८

काठमाण्डौं । आज तमू (गुरुङ) समुदायले आफ्नो महान् चाड तमू ल्होछार विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै छन । गुरुङ समुदायको धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार गाई बर्ग (बर्ष) लाई बिदाई गरी बाघ बर्ग (बर्ष) लाई स्वागत गरी गुरुङ समुदायले तमू ल्होछार पर्व मनाउँछन ।

एउटा बर्ग (बर्ष) गएर अर्को बर्ग (बर्ष) आउने भएकाले गुरुङ समुदायले ल्होछारलाई नयाँ बर्षका रुपमा पनि मान्छन । गुरूङ समुदायको बोलीचालीको भाषामा ल्होत्वोवा भनिन्छ । ल्हो (वर्ग) त्वोवा (फर्किनु) अथवा वर्ग फर्किनु पनि भन्ने गर्दछन् । अर्थात्, गुरूङ समुदायको प्ये (शास्त्र) अनुसार गुरूङ समुदायले प्रयोग गर्ने १२ वटा वर्गहरु क्रमानुसार प्रत्येक बर्षको पुष १५ मा परिवर्तन हुने वा फर्की आउने र नयाँ वर्गको सुरूवात हुने भएकोले आजको दिनलाई ल्होछार अर्थात नयाँ वर्षको रुपमा मनाइन्छ ।

गुरुङ समुदायको साँस्कृतिक मान्यता अनुसार गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, मृग र मुसा गरी १२ वटा बर्गहरु हुन्छन ।

आजदेखि सूर्य उत्तर दिशाबाट दक्षिण पुगी उत्तरतिर फर्कन्छ, जुन बेला पृथ्वीमा सबैभन्दा रात लामो र दिन छोटो हुन्छ । सूर्यले पृथ्वीलाई परिक्रमा गरेर १२ महिना पुग्छ र एउटा ल्हो (वर्ग) ले समय बिताएको हुन्छ । प्रत्येक १÷१ वर्षमा क्रमानुसार १÷१ वटा ल्हो (वर्ग) पार गर्दै पछि १२ वर्ष पूरा भएपछि पुनः सोही ल्हो (वर्ग) को सुरूवात हुन्छ । यसरी गुरूङ समुदायको ल्हो (वर्ग) पद्धति प्रकृतिको नियम र सिद्धान्तसँग मेल खान्छ । जसअनुसार ल्होछार मनाउने संस्कृतिलाई वैज्ञानिक र सत्यतानजिक रहेको भन्ने तर्क गरेको पाइन्छ । ज्योतिष शास्त्रअनुसार पनि पृथ्वीमा सबैभन्दा लामो दिन र छोटो रात असार १५ लाई मानिन्छ । त्यस्तै सबैभन्दा लामो रात र छोटो दिन पुष १५ लाई मानिन्छ ।

यो पर्व देश तथा विदेशमा रहेका सबै तमूहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन । आज काठमाडौंको टुँडिखेलमा तमू ल्होछार २०७८ मूल आयोजक समितिले आयोजना गरेको कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्दैछन । सरकारले आज देशभर तमू ल्होछारका अवसरमा सार्वजनिक बिदा पनि दिएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]