विमानस्थलमा जमेको हिउँ पन्छाउँदा हवाई उडान सुचारु

नेपालचेक समाचारदाता बिहिबार, पौष १५, २०७८

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात बिहिबारबाट सञ्चालनमा आएको छ । विमानस्थलमा जमेको हिउँ जडिबुटी व्यवसायी हुम्लाको पहलमा आज विहान पन्छाएर हवाई यातायात सञ्चालनमा आएको हो । बुधबार दिनभर परेको हिउँ सिमकोट सहित आसपासका क्षेत्रमा अझैसम्म पनि पग्लन नसकेर जमि रहेको छ । जडीबुटी व्यवसायीहरुको सक्रियतामा आज विहान सिमकोट विमानस्थलमा जमेको हिउँ टाएपछि हवाई सेवा सञ्चालनमा आएको विमानस्थल श्रोतले जानकारी दिएको छ । हिउँ पन्छाउने कार्यमा विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, जिल्लाका व्यवसायीहरुको संलग्नतामा जमेको हिउँ पन्छाइएको हो । सिमकोट विमानस्थल र एप्रोनमा जमेको हिउँ पन्छाएपछि बिहिबार विहानबाट हवाई सेवा सुचारु भएको हो ।

हुम्लाको सदमुकाम सिमकोटमा दुई फिट हिउँ जमेको थियो भने उत्तरी क्षेत्रमा झण्डै चार फिट बढी हिउँ जमेको हो । कालोपत्रे धावन मार्गमा भने कममात्रै हिउँ जमेका भएपनि आसपासमा बढी जमेका कारण सबैको सक्रियतामा पन्छाएर हवाई सेवा सञ्चालनमा आएको हो । मौसममा सुधार आएलगत्तै सीता एयरले नेपालगञ्जबाट पहिलो उडान भरेको थियो । त्यस लगत्तै तारा र समिट एयरका जहाजले पनि उडान भरेका थिए । हवाई सेवा सुचारु भएपछि सिमकोटमा रोकिएका यात्रु तथा जडिबुटी ढुवानी सुरु भएको छ ।

नेपालगञ्ज सुर्खेतबाट आउने यात्रु, कार्गोको सामान र खाद्यान्न ढुवानीसमेत भएको छ । दुई दिन हवाई यातायात अवरुद्ध हुँदा सिमकोटमा दैनिक उपभोग्य सामग्री र हरियो तरकारी अभाव भएको थियो । हुम्लामा चौथो पटक हिमपात भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]