माओवादी केन्द्रीय कमिटि गठनप्रति छिमि लामाको असन्तुष्टी

नेपालचेक समाचारदाता सोमबार, पौष १९, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पुर्व संविधानसभा सदस्य छिमिदोर्जी लामाले भर्खरै सकिएको माओवादी केन्द्रको आठौं महाधिवेशनबाट घोषणा गरेको २३६ सदस्यीय केन्द्रीय कमिटिप्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

लामो समय पार्टीको भूमिकामा रहेका नेताहरुको योगदानलाई भन्दा केहि नेताहरुको गुटका आधारमा केन्द्रीय सदस्यको नामावली माथिबाट जबरजस्त लादेको प्रतिक्रिया दिएका माओवादी हुम्लाका नेता लामाले पार्टीको निर्णयप्रति तिब्र असन्तुष्टी प्रकट गरेका हुन् ।

‘आठ दिनसम्म प्रज्ञा भवनमा थुनेर राखेका देशभरका प्रतिनिधिको नेतृत्व छनोट गर्न पाउने अधिकारको हनन गर्दै एकलौटी रुपमा केहि नेताको इशारामा गरिएको केन्द्रीय सदस्यको नामावलीप्रति मेरो घोर आपत्ति छ’, महाधिवेशनस्थल बाहिर सञ्चारकर्मीमाझ लामाले भने, ‘पार्टीको आधिकारिक लाइनमा विद्रोह गर्ने व्यक्तिलाई काखि च्यापेर लामो वलिदानी गरेको व्यक्तिलाई पञ्छाउने निर्णयले म जस्ता कार्यकर्तालाई निकै दुखित बनाएको छ ।’

हुम्ला जिल्लाबाट केन्द्रीय सदस्यमा आफू नपरेपछि तिब्र असन्तुष्ट व्यक्त गरेका लामाले पार्टी अध्यक्ष प्रचण्डद्धारा आज भएको अत्याचारपूर्ण निर्णय हाम्रालागि अमान्य भएको बताए ।

‘माओवादीले शुरु गरेको दश वर्षे जनयुद्धमा लागेर २०५९ सालदेखि व्यूरो सदस्यको जिम्मेवारी देखि निरन्तर पार्टीको संस्थापन लाइनमा लाग्दै आउँदा पनि मलाई आज २०७४ सालको प्रतिनिधिसभा निर्वाचन देखि पार्टी भित्रैबाट पटक–पटक घात अन्तरघात गर्ने व्यक्तिलाई पार्टी केन्द्रले पुरस्कृत गर्ने गर्यो, लामाले थपे यस अघि भएका अन्यायलाई न्याय हुने गरेर आठौ महाधिवेशनले निर्णय गर्छ भन्ने अपेक्षा समेत पुरा नभएपछि हामीलाई अब नयाँ अभियानका बारेमा सोच्न बाध्य बनायो ।’

पार्टीको नयाँ कमिटिका लागि २३६ केन्द्रीय सदस्यको नामावली सार्वजनिक भएलगत्तै सञ्चारकर्मीसँग मौखिक असन्नतुष्ट व्यक्त गरेका लामाले आफू पक्षिय अन्य नेता तथा कार्यकर्तासँगको परामर्शमा छिटैं नयाँ निर्णयमा पुग्ने बताए ।

हुम्ला जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएका लामा केन्द्रीय सदस्यका आकांक्षी थिए । आइतबार साँझ अध्यक्ष प्रचण्डले घेषणा गरेको केन्द्रीय सदस्यको सूचिमा हुम्लाबाट निवर्तमान केन्द्रीय सदस्य बीजय भण्डारी (प्रतिरोध) र छक्कबहादुर लामा परेपछि उनि तथप अक्रोसित बनेका हुन् ।

२०७४ साल मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्दनका तर्फबाट टिकट पाएका लामा आप्mनै पार्टीबाट स्वतन्त्र उम्मेरदवार बनेका छक्कबहादुर लामाबाट पराजित भएयता निरन्तर पार्टीको जिल्ला र प्रदेश नेतृत्वप्रति असन्तुष्ट बन्दै आएका थिए ।

आठौ महाधिवेशनबाट उनलाई पराजित गरेका छक्कबहादुर लामा केन्द्रीय सदस्यमा पर्दा आफू नपरेपछि उनले पार्टीको निर्णयलाई अत्याचारको संज्ञा दिएका हुन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]