रु सात लाख तिरेर हेलिकप्टरमार्फत विरामीको उद्धार

नेपालचेक समाचारदाता सोमबार, पौष १९, २०७८

सिमकोट । केही दिन अगाडी देखि नाक र काम सम्बन्धि समस्याले थला परेका दुई जना विरामीको सोमबार हेलिकप्टर मार्फत उद्धार गरीएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर ४ का ५० वर्षिय लामु तामाङ र २५ वर्षिय पाल्जोर तामाङको उद्धार गरिएको हो ।

उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार हुन नसकेपछि उनिहरुले आफ्नै खर्चमा काठमाण्डौबाट हेलिकप्टर मगाएर थप उपचारका लागि जिल्ला बाहिर लिइएको आफन्त रेछिङ बहादुर लामाले बताए । उनले भने, आफ्नै निजी खर्चमा विरामीको उद्धार गरेका हौं, हेलिकप्टरलाई रु सात लाख ५० हजार महंगो हवाई भाडा तिरेर उपचारका काठमाण्डौ लगिएको छ । गाउँघरमा उपचार सम्भब नहुने भएपनि थप उपचारका लागि काठमाण्डौ लगिएको हो ।

काठमाडौं देखि ढल्–ब्व्च् नम्बरको समिट एरलाइन्सको फिस्टेल हेलिकप्टरबाट उनिहरुलाई उद्धार गरिएको हो । ५० वर्षिय तामाङको नाकबाट निरन्तर रगत बगि रहनुका साथै उपचार नभएपनि हेलिकप्टर मगाइएको हो । आइतबार राती नाकबाट रगत बग्ने नरोकिएपछि थप उपचारका लागि हेलकप्टर मगाइएको हो ।
२५ वर्षिय लामालाई कानमा भएर विरामी भएपछि थप उपचारका लागि आज विहान काठमाण्डौं लगिएको हो । विरामीसँगै दुई जना कुरुवा समेत गएको जानकारी प्राप्त भएको छ ।

उत्तरी हुम्लाका नागरीक विरामी हुँदा आफ्नै खर्चमा महंगो हवाई भाडा तिरेर विरामीको उद्धार गर्दै आएका छन् । हिउँदको समयमा यस क्षेत्रमा अत्याधिक चिसो हुनुका साथै स्वास्थ्यकर्मी नियमीत नहुँदा सिधै काठमाण्डौबाट हेलिकप्टर मगाएर महंगो खर्चमा विरामीले उपचार गर्नुपर्ने बाध्यता रहेको छ । यातायातको सुविधा नहुँदा हुम्लीले विरामी हुँदा हेलिकप्टर हवाई जहाजको भरपर्नु अवस्था रहेको छ ।

विरामी आफैले हेलिकप्टर रिजर्भ गर्दा सात देखि दश लाखसम्म हेलिकप्टरको भाडा तिरेर उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]