हुम्लाका सबै वडामा एमालेको अधिवेशन प्रतिनिधि छनौट सम्पन्न

नेपालचेक समाचारदाता बुधबार, पौष २१, २०७८

सिमकोट । पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि नेकपा एमाले हुम्लाले प्रतिनिधि छनोट कार्य सम्पन्न गरेको । ४४ वटा वडा रहेको हुम्लामा लिमी बाहेक पार्टीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको एमाले जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिनुभयो ।

लामो समयपछि हुन लागेको नवौं जिल्ला अधिवेशनका लागि १२४ जना प्रतिनिधि छनौट गरीएको पार्टी सचिव ढकालले बताउनुभयो । अदानुलीबाट २२, चंखेली १४, ताँजकोट २१, सर्केगाड गाउँपालिकाबाट ३० जना नवौं जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट गरिएको छ । यसै खार्पुनाथबाट १३, सिमकोट १८ र नाम्खा गाउँपालिकाबाट ६ प्रतिनिधि छनोट गरिएको हो ।

पार्टीकाको संगठित सदस्यका आधारमा गाउँपालिकाबाट छनोट भएको र १३ जना जिल्ला कार्य समितिले मनोनीत गरेको उहाँले बताउनुभयो । एमाले जिल्ला कमिटी बैठकले ४० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि र दलितका लागि ३० जना बराबर एक जना प्रतिनिधि छनोट हुने मापदण्ड निर्धारण गरेको थियो ।

अधिवेशनका लागि ३३ प्रतिशत महिला प्रतिनिधि र १३ प्रतिशत दलित प्रतिनिधि छनोट भएका छन् । प्रतिशत उल्लेख नभए पनि युवा र जनजातिको संख्या पनि प्रतिनिधिमा राम्रो छनोट भएको एमालेले जनाएको छ । हुम्लामा एमालेका चार हजार ८७२ जना संगठित सदस्य रहेको बताइएको छ । २३ गते हुने नवौं जिल्ला अधिवेशनका लागि सम्र्पुण तयारी पुरा भएको जानकारी प्राप्त भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]