सिमकोट । हुम्लाका लामा समुदायको ल्होसार पर्व बुधबारबाट सम्पन्न भएको छ । सोमबारबाट सुरु भएको हुम्लाका लामा समुदायको तोतङ्री ल्होसार सामूहिक रुपमा मनाएका छन् ।
लामा समुदायको नयाँ वर्ष अर्थात तोतङरी ल्होसार २१४९ ताक ल्हो बाघ वर्ष सुरु भएको छ । जिल्लाको सिमकोट गाउँपालिका वडा ३ र ४ मा बसोबास गर्दै आएका लामा समुदायहरुले एक आपासमा रमाईलो गरेर ल्होसार पर्व सम्पन्न गरेका हुन् । गाउँमा हुनेहरुले गाउँमा रमाईलो गरे सम्पन्न गरेका छन् भने सदरमुकाम सिमकोटमा बसोबास गरिरहेकालेहरुले सामूहिक रुपमा ल्होसार मनाएको लामा साँस्कृति मञ्चका सचिव छवाङ लामाले जानकारी दिनुभयो ।
बुधबार विहान पूजापाठ पछि लिंगो ठड्याएर जम्मा भएका सहभागीहरु बिच ल्होसारमा शुभकामना आदान प्रदान गरेका हुन् । बौद्ध धर्म अनुसार यस अवसरमा पूजापाठ गर्दा सिंगो वर्ष भरि नै सबैलाई राम्रो हुने उनिहरुको धार्मिक मान्यता रहेको छ । बालकदेखि बृद्धसम्म नयाँ पोशाकका साथ ल्होसार मनाउन उपस्थित भएका थिए । मुख्य ल्होसार सोमबार भए पनि हुम्लाबासीले भने तीन दिनसम्म बनाउने गर्दछन् ।
हुम्लाो माथिल्लो भेगमा बौद्ध धर्म मान्ने लामा समुदायको बसोबास हुँदै आएको छ । नाम्खा गाउँपालिका वडा १ देखि ६ सम्म लामा समुदायका नागरीकको बसोबास रहेको छ भने सिमकोट गाउँपालिकाको वडा ३ र ४ मा उक्त समुदायको बसोबास रहेको छ ।
एक आपासमा लिमीजुली मिठा मसिना परिकार सामुहिक बनाएर बाडेर खाने चलन रहेको छ । अन्तिम दिन उनिहरुले पुरानो पहिरन पुरुषहरुले बोक्खु, लगाउछन भने महिलाहरुले ठाइकोर, मुगा, मत्तिउको मालाका साथै पुरानो कपडामा सजिएर रमाउने गरेको जानकारी प्राप्त भएको छ । उनिहरुले ल्होसार पर्वलाई विषेश महत्वका साथ मनाउने गर्दछन् ।
सदरमुकाम सिमकोटमा बसोबास गरिहेकाहरु बुधबार लामा सांस्कृतिक मञ्जमा सबै जम्मा भएर रमाईलो गरेर ल्होसार पर्व मनाएका हुन् । ल्होसारमा पाउना भएर पालो मिलाएर सबैको घरमा गएर रमाईलो गर्दै मनाउने गर्दछन् । उनिहरुले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन ल्होसार पर्व मनाउने गर्दछन् ।
तोतङरी ल्होसार नै अन्य ल्होसारको उद्गम मानिन्छ । तोतङरी ल्होसारको आफ्नै दर्शन र महत्त्व भएको पाइन्छ । गत वर्ष कोरोना संक्रमणका कारण उनिहरुले ल्होसार पर्वलाई एक आपासमा जम्मा भएर मनाउन नपाए पनि यो वर्ष सबै जम्मा भएर मनाएका हुन् । एक वर्ष पछि ल्होसार पर्व मनाएका हुन् ।
तस्विर दाने बोहरा