दुईवटा संस्थाको सामाजिक लेखा परीक्षण सम्पन्न

नेपालचेक समाचारदाता मंगलबार, पौष २७, २०७८

सिमकोट । किर्डाक नेपाल हुम्ला, एसआइडिसीको संयुक्त आयोजना र गुर्ड नेभर्स इन्टनेश्लन हुम्लाको आर्थिक सहयोगमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

परियोजना व्यवस्थापन समितिका सदस्य गोरासिंह बोहराको अध्यक्षतामा र सिमकोट गाउँपालिका कार्यबाहक अध्यक्ष कृष्ण बहादुर बोहराको प्रमुख आतिथ्यमा उक्त लेखा परिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

किर्डाक नेपाल हुम्लाले शिक्षा र एसआइडिसीले परियोजना लगायत स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । यस्तै गुर्डनेभर्स इन्टरनेश्नल लगायतका सो संघसंस्थाहरुको सहकार्यमा २०१६ देखि नै जिल्लामा शिक्षा, स्वास्थ्य सम्वन्धिका कार्य गर्दै आएको छ ।

उक्त कार्यक्रम हुम्ला जिल्लाका चंखेली, सर्केगाड, खार्पुनाथ र सिमकोट लगायतका चारवटा गाउँपालिकाहरुमा सञ्चालन हुँदै आएको छ । लेखा परिक्षण कार्यक्रममा एसआइडिसी हुम्लका एमइडिओ रिता भण्डारीले सहभागिहरुलाई जीविकोपार्जन र शिक्षाको क्षेत्रका बारेमा प्रस्तुती गर्नु भएको थियो । २०२१ मा भएका प्रगती तथा प्रतिफलका बारेमा एमइडिओ भण्डारीले जानकारी दिइन् ।

उनका अनुसार, चारवटा गाउँपालिकामा रहेका १० वटा स्वास्थ्यचौकीमा विभिन्न भौतिक संरचनाको सहयोग गर्नुका साथै, महिला स्वयमं सेविकाहरु र विद्यालयका छात्राहरुलाई ओरेन्टेसनको तालिमको व्यवस्था गरिएको थियो । भने करीव २ हजार ४ सय बालबालिकाहरुलाई स्वास्थ्य चेकजाँच लगायत विद्यालय भवन निर्माणका कार्यलाई पनि प्रथामिक्तामा राखेको छ ।

२०२१ मा परियोजना र स्वास्थ्य क्षेत्रमा ३३ लाख ९१ हजार ३ सय ३२ रुपैयाँ कुल वजेट मध्ये ३२ लाख ६५ हजार २ सय ५६ रुपैयाँ खर्च भएको भण्डारीले बताइन् ।

त्यस्तै शिक्षा क्षेत्रमा काम गर्दै आएको किर्डाक नेपाल हुम्लाका प्रमुख जनक बुढाले पनि आफ्नो कार्यालयले गर्दै आएको कार्य क्षेत्रका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । जसमा किर्डाक नेपाल हुम्लाले पनि सोही गाउँपालिकाका २७ वटा वडाका ७९ वटा विद्यालयमा शिक्षा सम्वन्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख बुढाले बताए । कार्यक्रममा बुढाले सामाजिक विकास परियोजनाको उदेश्य लगायतका बारेमा प्रस्ट पार्नु भएको थियो ।

प्रमुख बुढाका अनुसार लक्षित गाउँपालिकाको विद्यालयमा कक्षा १ देखि १० सम्मका २ हजार ३ सय ५८ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रि वितरण गरिदै आएको छ, भने कक्षा ११ र १२ का विद्यार्थीलाई प्रति व्यक्ति ३ हजार रुपैयाँ सहयोग गरिदै आएको बताए ।

शिक्षा क्षेत्रको कार्यक्रममा १ करोड ११ लाख ९७ हजार १ सय १७ रुपैयाँ कुल बजेट मध्य १ करोड ५१ लाख ८५ हजार ४५ रुपैयाँ खर्च भएको प्रमुख बुढाले बताए ।

उक्त संस्थाहरुले गरेको कामलाई चुस्त दुरुष्त रुपमा गरेकोमा कार्यक्रमका प्रमुख अतिथि एवम् सिमकोट गाउँपालिका कार्यबाहक अध्यक्ष कृष्ण बहादुर बोहराले खुसि व्यक्त गर्नु भएको थियो । आउँदा दिनमा पनि यस्तै खाले कार्यक्रमहरुलाई नियमित रुपमा सञ्चालन गर्नु पर्नेमा प्रमुख अतिथि बोहराले सुझाव राख्नु भएको थियो ।

त्यस्तै मानवताका लागि शिक्षा र स्वास्थ्य बिनाको जीवन अधुरो रहेकोले जिल्लाका बालबालिकाहरुलाई सो कार्यक्रम मार्फत पहिलो प्रथामिक्ता दिनु पर्नेमा परियोजना व्यवस्थापन समितिका सदस्य एबम् कार्यक्रमका अध्यक्ष गोरासिंह बोहराले जोड दिनु भएको थियो । उक्त कार्यक्रम सोमबार सञ्चालन भएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]