सार्वजनिक सेवा लिन अनिवार्य खोप कार्ड

नेपालचेक समाचारदाता आइतबार, माघ ०२, २०७८

सिमकोट । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिती हुम्लाले माघ ७ गतेबाट सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्डको लागु गर्ने निर्णय गरेको छ ।

सातवटा स्थानीय तह रहेको जिल्लामा भित्रीने मुख्य नाकामा हेल्थ डेस्क पुन सञ्चालनमा ल्याउने निर्णय गरेको छ । जिल्ला कोभिड– १९ संकट व्यवस्थापन समितिले हुम्लाका नागरिकलाई संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाउन आग्रह समेत गरेको छ । सार्वजनिक सेवा प्राप्त गर्न अनिवार्य कोभिडविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै उपस्थित हुने प्रशासनिक र सामाजिक कार्यक्रम नगर्न समितिले निर्णय गरेको छ ।

जिल्ला भित्रीने मुख्य नाका सिमकोट विमानस्थल, ताँजकोट गाउँपालिकाको मैला कवाडी र चंखेली गाउँपालिकाको मिमिमा आवश्यक स्वास्थ्य सामाग्री र स्वास्थ्य जनशक्ति सहित स्वास्थ्य हेल्थ डेस्क सञ्चालनमा ल्याएर आगन्तुक नागरिको स्वास्थ्य चेकजाँच गरिने भएको छ । भने सम्बन्धि सिमानाकामा रहेका गाउँपालिका स्वास्थ्य संयोजकले हुम्ला भित्रीएका नागरीकहरुको दैनिक रिर्पोट स्वास्थ्य सेवा कार्यालय हुम्लामा पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

कोरोनाविरुद्ध जनचेतान फैलाउन जिल्लाका सबै सञ्चार माध्यममार्फत सन्देश प्रवाह, गर्ने,सबै गाउँपालिकामा कम्तीमा पनि एउटा आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्ने, केन्द्रको निर्णयअनुसार २५ जनाभन्दा बढी भेला गर्न नपाइने, गर्नै पर्ने भए सामाजिक दूरी कायम हुने व्यवस्था मिलाएर जिल्ला सुरक्षासँग समन्वयमा गर्ने, खाद्यन्न बिक्री गर्दा दुई मिटरको दूरी कायम गरेर बिक्री गर्ने, सार्वजनिक सवारी साधनमा अनिवार्य मास्क प्रयोग गर्न लगाउने र माघ १५ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो ।

त्यसैगरी अस्पताल र आइसोलेसनमा पर्याप्त अक्सिजनको व्यवस्था गर्ने, प्रहरीको समन्वयमा सबै गाउँपालिकामा कोरोनाविरुद्ध सचेतनामूलक सन्देशसहित प्रचार प्रसार गर्ने,सबै गाउँपालिकामा स्वास्थ्य सामग्री, जनशक्ति, अक्सिजनको व्यवस्था मिलाउनुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आर्चाले जानकारी दिनुभयो ।

बैठकले माघ ७ गतेबाट सार्वजनिक निकायमा सेवा लिन जाँदा सेवाग्राहीले अनिवार्य खोप कार्डको व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । कोभिडविरुद्धको स्वास्थ्य सुरक्षा र मापदण्ड पालन नगर्नेलाई कोभिड व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने निर्णय समेत भएको छ ।

हुम्लालाई ग्रिन जोनमै राख्ने

हुम्ला जिल्लालाई ग्रिन जोनमै राख्नका लागि सबैले स्वास्थ्य सम्बन्धिका मापदण्ड अनिवार्य अपनाउन आग्रह गरिएको छ ।

ग्रिन जोनका रूपमा रहेको हुम्लालाई कोरोनाविरुद्ध सतर्कता अपनाउन आठ बुँदे निर्णय गरेको छ । नेपालभरी तेस्रो ओमिक्रोन कोरोना भाइरसको त्रास बढिरहेका बेला जिल्लाका दुई वटा नाका र विमानस्थलमा रहेको हेल्थडेस्क राख्ने भएको छ । जिल्ला कोरोना व्यवस्थापन समितिको बैठक बसेर दुई वटा दक्षिणी क्षेत्रका सिमानामा जोडिएका मुगु जिल्लाको चंखेली गाउँपालिका–१ को रिमी,बाजुरा जिल्लासँग जोडिएको ताँजाकोट गाउँपालिकाको कवाडी र सिमकोट विमानस्थलमा हेल्पडेस्क स्थापना गर्ने भएको छ । सबै यात्रुको अनिवार्य कोरोना परीक्षण गर्ने निर्णय पनि गरेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]