सत्तारुढ दलहरूको हुम्लामा सत्ता गठबन्धनको संयन्त्र गठन

नेपालचेक समाचारदाता आइतबार, माघ ०२, २०७८

सिमकोट ।  केन्द्रमा सत्ता गठबन्धन  दलको हुम्लामा जिल्ला स्तरीय साझा संयन्त्र गठन गरिएको छ । शनिबार  सत्तारुढ दलहरुको जिल्लास्तरका नेताहरुबीच बसेको बैठकले सो संयन्त्र गठन गरेको हो । जिल्लामा सत्ता गठबन्धन दलको बैठकले माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारीको संयोजकत्वमा नौ सदस्यीय जिल्लास्तरीय साझा संयन्त्र गठन गरिएको छ ।

जिल्लामा सत्ता गठबन्धन दलहरुको बैठकले माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय भण्डारीको संयोजकत्वमा जिल्ला स्तरीय साझा संयन्त्र गठन गरिएको छ ।

भण्डारी माअ‍ोवादी केन्द्रको हुम्ला जिल्लाको संयोजक समेत हुन् । उक्त जिल्ला स्तरीय संयन्त्रमा कांग्रेसबाट पार्टी सभापति मोहन बिक्री सिंह र उपसभापति रोकाया, माओवादीबाट संयोजक भण्डारी र जिल्ला अध्यक्ष लालकेश जैसी, नेकपा एकिकृत समाजवादीबाट केन्द्रीय सदस्य लोकबहादुर हमाल र सचिवालय सदस्य कर्ण बहादुर रोकाया, जनता समाजवादी पार्टीबाट  जिल्ला अध्यक्ष धर्मराज बोहरा र सचिव भैरव बहादुर शाही तथा राष्ट्रिय जनमोर्चाबाट  जिल्ला अध्यक्ष बल भण्डारी चयन चयन भएका छन्  ।

यसमा चार  ठुला पार्टीबाट दुई–दुई जना र जनमोर्चाबाट एक जना संयन्त्रमा सदस्य रहेका छन् । संयन्त्र गठनसँगै बसेको पहिलो बैठकले माघ १२ गते सम्पन्न हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि लागि केन्द्रीय गठबन्धन अनुसार लाग्ने र गठबन्धन अनुसार आफ्ना मतदातालाई त्यही अनुसार मतदानका लागि सहजिकरण गर्ने निर्णय बैठकले गरेको छ ।

यसका लागि पुस मसान्तभित्र जिल्ला स्तरी साझा संयन्त्र गठन गर्न कर्णाली प्रदेश स्तरीय साझा संयन्त्रले पत्राचार गरेको थियो । अन्य कुरा कसरी अगाडी बढ्ने भन्ने सम्वन्धमा माघ १२ गतेको राष्ट्रिय सभा निर्बाचन पछि संयन्त्रको बैठक बसेर छलफल चलाईने भएको छ । संयोजक भण्डारीले संयन्त्रले जिल्लाका लागि पनि बिशेष छलफल , समन्वय र सहजिकरण कार्य गर्ने छ

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]