ठेहे स्वास्थ्यचौकीले सुरु गर्यो छुटफुटलाई भेरोसेल खोप लगाउन

नेपालचेक समाचारदाता बुधबार, माघ ०५, २०७८

सिमकोट । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर एक र दुई ठेहे, दोजाममा आजबाट कोरोना भाईरस विरुद्धको भेरोसिल कोभिड खोप लगाउन सुरु गरिएको छ । खोप लगाउन नपाएका र पहिलो मात्रा खोप लगाएर छुटेका नागरीकलाई आजबाट भेरोसेल खोप लगाउन सुरु गरिएको हो ।

पछिल्लो समय देशभर सहित विश्वमा कोरोना तेस्रो लहर ओक्रिमको संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै गाउँपालिकामा खोप लगाउने अभियानलाई तिब्र पारेको छ । आज पहिलो दिन ठेहे स्वास्थ्यचौकीले दुई सय नौ जनालाई भेरोसेल खोप लगाएको ठेहे स्वास्थ्यचौकीका इन्चार्ज दान बहादुर बोहराले जानकारी दिए ।

आजबाट सुरु भएको खोप अभियान आठ गतेसम्म सञ्चालन हुने भएको छ । आज,भोली र पर्सिसम्म वडा नम्बर दुई ठेहे र आठ गते वडा नम्बर एक दोजामका खोप लगाउन छुटफुट नागरीकलाई भेरोसेल लगाइने भएको छ । १८ वर्ष माथिका उमेर समुहका खोप लगाउन छुटेकाहरुको लागि पाँच सय डोज आफ्नो स्वास्थ्यचौकी उपलब्ध भएको इन्चार्ज बोहराले बताए ।

कोरोना विरुद्धको पहिलो मात्रा भेरोसेल महिला ९४ जना, पुरुष ४१ जना गरेर एक सय ३५ जनाले खोप लगाएका छन् । यसैगरी पहिलो मात्राको खोप लगाएर पनि दोस्रो डोज लगाउन छुटेका महिला ४६, पुरु २८ जना गरेर ७४ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । आज ठेहे स्वास्थ्यचौकीबाट दुई सय नौ जनाले पहिलो र दोस्रो मात्राको भेरोसेल लगाएको जानकारी प्राप्त भएको छ ।

यस्तै मोडर्ना खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका बालबालिकाको लागि खोप माग गरिएको बोहराले बताए । माग गरिएको मोडर्ना खोप ठेहे स्वास्थ्यचौकीमा पुगे लगत्तै उनिहरुलाई मोडर्ना खोप दिइने भएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]