सिमकोट । उच्च हिमाली हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा प्रतिकूल मौसमका कारण हवाई उडान अवरुद्ध भएकोे छ । बिहिबार विहान देखि जिल्लामा हिमपात भएपछि राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा हवाई सेवा प्रभावित भएको हो ।
नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका नेपाल एयरलाइन्स, सिता, समिट र तारा एयरले हिमपातका कारण उडान भर्न नसकेका हुन् । हुम्लामा हिमपात हुनुका साथै नेपालगञ्ज सहित तराईको क्षेत्रमा बाक्लो हुस्सु तुवालो सहित कुइरो लागेपछि उडान हुन् नसकेको सिमकोट विमानस्थ श्रोतले जानकारी दिएको छ । जिल्लामा विहान ६ बजेदेखि हिमपात भएको थियो भने त्यसपछि अहिले बाक्लो कुइरो लागेकाले हुम्लामा उडान भर्दै आएको हवाई यातायातको सेवा प्रभावित भएको हो ।
हुम्लामा लागि सिता, समिट र तारा एयरले विहान सात बजे देखि दिउँसो १२ बजेसम्म उडान भर्दै आएका थिए । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रु सिमकोटमै रोकिएका छन भने नेपालगञ्ज र सुर्खेतबाट जिल्ला पुग्ने यात्रुसमेत उतै रोकिएका हुन् ।
प्रतिकुल मौसमका कारण जिल्लामा बिहिबार खाद्यन्न, बजार व्यवसायी सामाग्री, दैनिक उपभोग्य तरकारी लगायत निर्माण व्यवसायीको ढुवानी हुन नसकेको हो ।
सिता एयरले नेपालगञ्ज र सुर्खेतदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा हुम्लाको खाद्यन्न ढुवानी गर्दै आएको थियो । भने अन्य समिट र तारा एयरले यात्रु तथा अन्य कार्गोको सामाग्री ढुवानी गर्दै आएका थिए । हिमपातले आज अवाई सेवा ठप्प भएको हो ।
हिमपातले उत्तरी क्षेत्रको जनजीवन कष्टकर
विहिबार विहानदेखि हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । नाम्खा गाउँपालिकाको लिमि, हल्जी, जाङ्, यारी, चाला र हिल्सा लगायतका उच्च क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातले यहाँका नागरीकलाई चिसो घरबाहिर निस्कन समेत थप कठिनाई बनाएको लिमीका स्थानीय पेमा लामाले बताए । हिमपातसँगै चिसो अत्याधिक भएको लामाले बताउनुभयो । गाउँमा बृद्धबृद्धा सहित बालबालिकालाई बढी समस्या बनाएको हो । यस्तै हिमपातले सदरमुकाम सिमकोटमा समेत चिसो अत्याधिक बढेको छ ।