हुम्लामा कोरोना तेस्रो लहर आठ जनामा संक्रमण पुष्टि

नेपालचेक समाचारदाता शुक्रबार, माघ ०७, २०७८

सिमकोट । हुम्लामा आजबाट कोरोना भाइरसको तेस्रो लहरको परीक्षणका क्रममा कोरोना परीक्षण सुरु गरेको पहिलो दिन आठ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले शुक्रबारबाट जिल्ला अस्पतालमा कोरोना परीक्षण सुरु गरेको छ । आज पहिलो दिन २८ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए ।

जिल्ला अस्पताल हुम्लामा कार्यरत स्वास्थ्यकर्मी र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका स्वास्थ्य सहित अस्पतालको सुरक्षामा खटिएका सुरक्षाकर्मी गरी २८ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको प्रमुख सिंहले बताए । आज तीन जना पुरुष र पाँच जना महिलामा संक्रमण पुष्टि भएको हो । भने संक्रमित हुनेमा सातजना स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मी रहेको उनको भनाई छ ।

अग्रपतिमा खटिने स्वास्थ्यकर्मीलाई परीक्षण गर्दा उनिहरुमा कोरोना पुष्टि भएको हो । नेपालगञ्ज र सुर्खेत हुम्लाको सिमकोट हवाई यातायातबाट सजिलै जोडिने भएकाले विमानस्थलमा खटिने स्वास्थ्यकर्मीको परीक्षण गर्दा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।संक्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

संक्रमितलाई सिमकोटस्थित आइसोलेसनमा राख्ने वा होम आइसोलेसनमा पठाउनेबारे छलफल भइरहेको उनले बताए ।

भोलिदेखि सदरमुकाम सिमकोटको मुख्य भिडभाड हुने स्थानमा तेस्रो लहरको कोरोना परीक्षण गरिने भएको छ । यस्तै संक्रमितहरुको सम्पर्कमा आएकाहरुलाई समेत कन्ट्याक ट्रेसिङ गरिने भएको छ ।

आज पहिलो दिन आठ जनामा संक्रमण पुष्टि हुँदा भोलिबाट परीक्षणको दायरालाई बढायो भने थप अवस्था जटिल हुने देखिएको छ । सिमकोट विमानस्थलमा परीक्षणको दायरालाई नबढाउँदा हुम्ला कोरोनाको तेस्रो लहरबाट अछुत रहन नसकेको हो ।

गत साउनपछि कोरोना संक्रमित शून्य रहेको हुम्लामा तेस्रो लहरको पहिलो कोरोना सङ्क्रमित देखिएको हो । स्वास्थ्यकर्मीहरुले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने देखिएको बताएका छन् ।

कोरोनाको दोस्रो लहरमा तीन हजार १३० जनाको परीक्षण गर्दा ३९९ जनामा संक्रमण देखिएको थियो । सो अवधिमा पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]