शल्याक्रिया पछि बच्चा र आमाको मृत्यु

उपचारको अभावमा अकालमै ज्यान गुमाउछन दुर्गमका महिला, शल्याक्रिया पछि बच्चा र आमाको मृत्यु

नेपालचेक समाचारदाता शनिबार, माघ ०८, २०७८

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया पछि सुत्केरी आमा र बच्चा दुबैको मृत्युभएको छ ।

माघ ५ गते अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्युभएको थियो भने शुक्रबार राति आमाको मृत्युभएको हो । अप्रेशन गरेको तीन पछि सिमकोट गाउँपालिका वडा ५ का २१ वर्षीया टिका कामीको मृत्युभएको हो ।

मृतक कामीलाई सुत्केरी व्यथाले च्यापेर घरमा बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रशेन गरेर बच्चा जन्माएको भएपनि आमा र बच्चा दुबै जनाको मृत्युभएको आफन्ता तथा ससुरा धनसिंह  कामीले बताउनुभयो ।

माघ ५ गते बच्चाको मृत्युभएको हो भने आमाको शुक्रबार राती मृत्युभएको हो । जिल्ला अस्पताल हुम्लाका अनुसार मृतक सार्किको फोक्सोमा स्वास्वसको मात्रा कम भएर मृत्युभएको जनाइएको छ ।

शल्याक्रिया गरेको दुई दिनसम्म सार्किको स्वास्थ्यमा उल्लेखनीय सुधार भएपनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । सार्किले स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पताल हुम्लाले उद्धारको लागि हेलिकोप्टरको व्यवस्था गरेको भएपनि राती भएकाले शनिबार विहान हेलिकोप्ट उद्धारका लागि स्टेनबसेपनि शुक्रबार राती मृत्युभएको जिल्ला अस्पतालले जानकारी दिएको हो ।

जुम्ला जिल्लाको नच्दनाथ नगरपाली वडा ८ कोटीला माइत भई सार्किले एक वर्ष अगाडी हुम्लामा विवाह गर्नुभएको थियो । माइती पक्षले मृतक कामीको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै रहेको छ ।

माइती पक्षले के कती कारणले आफ्नो छोरीको मृत्युभएको पत्ता नलाग्दा सम्म शव उठाउन नदिएर पोष्टमार्टम नभएर सार्किका परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । उहाँका अनुसार माइती पक्ष आफै हुम्लामा आउने भन्ने कुरा आएपछि घरका पोइली पक्षले शव उठाउन नमानेको बताउनुभयो । मृतक सार्किको शव अहिले जिल्ला अस्पताल हुम्लामा रहेको छ ।

सार्किका घरपरिवारले शव उठाउन नमानेपछि सिमकोट गाउँपालिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, सरकारी वकिल कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रमुखको टोली जिल्ला अस्पतालमा पुगेको थियो । सोही टोलीले माइती पक्षसँग कुरा गरेर सार्किको शव उठान दिइने भएको जानकारी प्राप्त भएको छ ।

दुर्गम हुम्लाका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको छ । अप्रेशन गरेर बाच्न नसकेका सार्कि जस्तै कयौं महिलाले पिडा भोगी रहनुपरेको छ । यो घट्ना भने नौलो होइन् । यहाँका महिला विरामी हुँदा उनिहरुलाई आवश्यक पर्ने प्रयाप्त सामाग्री र चिकित्स नहुँदा अकालमै छटपटाएर ज्यान गुमाउनु परेको छ । जिल्लामा स्वास्थ्यकर्मी नियमीत नबस्नु, औषधि उपकरण लगायतको अभावले ज्यान गुमाउने गरेका छन् । राष्ट्रिय सडक सञ्जालसँग नजोडिला पनि हरेक अभावमा छटपटाउनु परेको छ ।

यस्तै पुष ३० गते जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका वडा ६ का गौगरा बत्यालको सुत्केरी भएको पाँच मिनेट पछि मृत्युभएको थियो । यहाँका महिलाहरुले उपचारको अभावमा कलिलै उमेरमा ज्यान गुमाउनु परिहेको छ । भौगोलिक विकटताले कयौ महिलाले ज्यान गुनाउने गरेका छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]