क्वारेन्टाइन अनुगमन

नेपालचेक समाचारदाता आइतबार, माघ ०९, २०७८

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट स्थित रहेको रानीवन क्वारेन्टाइनको सरकारी टोलीले अनुगमन गरीएको छ । शुक्रबार ३१ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ९ जनालाई संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमितलाई संक्रमण पुष्टिपछि रानीवनमा रहेको क्वारेन्टाइनमा राखिएको छ ।

उनिहरुको स्वास्थ्य अवस्था बुझ्न, खानेपानी, क्वारेन्टाइन लगायतको अनुगमन गरीएको हो । जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा शनिरबार अनुगमन गरीएको हो । अनुगमनमा प्रमुख जिल्ला अधिकारी आचार्य, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हेरम्भ शर्मा, सशस्त्र प्रहरी बलका नायव उपरीक्षक गेहेन्द्र भण्डारी सञ्चारकर्मी लगायतको टोलीले अनुगमन गरेको हो ।

रानीवन क्वारेन्टाइनमा हिउँद याम भएकाले तापक्रम माइनसमा झरेपछि बरफ जम्दा विहानको समयमा पानी नआउने गरेको क्वारेन्टाइनमा रहेका नागरीकहरुले बताएका हुन् ।

गत साउन महिना देखि जिल्लामा कोरोना संक्रमितको संख्या शून्य रहेपछि जिल्लामा सञ्चालनमा ल्याइएका क्वारेन्टाइन, ओईसोलेशन लगायत प्रयोग विहिन रहेका थिए । शुक्रबार संक्रमित भेटिएपछि उनिहरुले हिउँयाम चिसो समयमा तापक्रम माइन हुँदा बरफ जमेर पानी विहानको समय नआउने भएको बताएपछि शनिबार अनुगमन गरिएको हो । संक्रमित नौ जनाको स्वास्थय अवस्था सामान्य रहेको छ ।

शुक्रबारको तुलनामा कोरोना संक्रमण दर बढ्यो भने हुम्लामा कोरोना संक्रमित हुने नागरीकको व्यवस्थापनमा कम्जोरी हुने देखिने भएको छ । रोग लाग्नुभन्दा रोगको बाटो छेक्नु पर्ने भएपनि हुम्लामा त्यसो पाइदैन् ।

जिल्ला सदरमुकाम सिमकोटमा कोरोना सचेतना फैलाएपनि ग्रामिणवस्तिहरुमा सामाजिक दूरी गरेको पाइँदैन्, स्यानिटाइजर, मास्क प्रयोग खासै गरेको पाइदैन् । जसले गर्दा गाउँघरमा एउटालाई कोरोना संक्रमण देखिएमा धेरैलाई सर्ने सम्भावना बढी देखिएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]