हुम्लाको बढी जनसङ्खया सिमकोट, दश वर्षमा जिल्लाभर साढे ४ हजार मात्रै वृद्धि

नेपालचेक समाचारदाता बिहिबार, माघ १३, २०७८

सिमकोट । राष्ट्रिय जनगणना २०७८ अनुसार हुम्लाको ७ वटा गाउँपालिका मध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको सिमकोट गाउँपालिका भएको द्धछ । सिमकोट गाउँपालिकाको जनसङ्ख्या १२ हजार १ सय ३० भएको छ । त्यसपछि सर्केगाड गाउँपालिकाको जनसङ्ख्या ११ हजार ४० रहेको छ ।

सबैभन्दा कम जनसङ्ख्या जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार उत्तरी नाम्खा गाउँपालिकाको जनसङ्ख्या ४ हजार ५ सय ६ रहेको छ । बुधबार सार्वजनिक भएको जनगणना रिपोर्ट अनुसार अदानचुलीको ८ हजार १ सय १०, खार्पुनाथ ६ हजार ९ सय ७५, चंखेली ६ हजार ६ सय २५ यस्तै ताँजकोट गाउँपालिकाको जनसङ्ख्या ६ हजार १ सय १० रहेको छ । नयाँ जनगणना २०७८ अनुसार हुम्लाको जनसङ्ख्या ५५ हजार ४ सय ९६ रहेको छ ।

जसमा महिला २७ हजार ५ सय १४ र पुरुष २७ हजार ९ सय ९२ छन् । देशको कुल जसंख्यामा प्रतिशतमा ० दशमलब १९, परिवारको औषत आकार ४ दशमलब ८३ छ । यस्तै हुम्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर ० दशमलब ८४ प्रतिशत रहेको छ । हुम्लामा घर संख्या १० हजार ३ सय १३ रहेको छ भने परिवार संख्या ११ हजार ४ सय ८४ रहेको छ ।

चार हजार मात्रै बृद्धि

केन्द्रिय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली हुम्लामा दश वर्षको अवधिमा साढे चार हजारमात्रै जनसङ्ख्या वृद्धि भएको छ ।

यस अघि २०६८ सालको जनगणनामा हुम्लाको जनसङ्ख्या ५०८५८ रहेको थियो । दश वर्षको अवधिमा हुम्लाको जनसङ्ख्या ४ हजार ६ सय ३८ मात्रै बढेको तथ्याङ्कको बुधबार सार्वजनिक भएको जनगणना रिर्पोटमा छ ।

यस्तै मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला कम जनघनत्वका साथै कम जनसङ्ख्या भएको जिल्लामा पर्दछन् । हुम्लाको वार्षिक जन्मदर समेत कम रहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]