अतिविपन्न सुत्केरी आमालाई डिजीटल प्रविधिबाट सहयोग

नेपालचेक समाचारदाता आइतबार, माघ १६, २०७८

सिमकोट । हुम्लामा पहिलो पटक डिजीटल प्रविधिबाट सहयोग प्रदान गरिएको छ । जिल्लाका अतिविपन्न दशजना महिलालाई डिजिटल प्रविधिबाट आर्थिक सहयोग गरिएको हो ।

निम्न आय स्रोत भएका महिलालाई रुप्सन एशोसियटस संस्थाको आर्थिक सहयोगमा र आरसिएसी नामक संस्थाको समन्वयमा खाद्यान्न सहयोग गर्दै आएको आरसिएसी संस्थाका सदस्य तथा जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले बताईन् । राहत नामक संस्थाले जिल्लाका अति विपन सुत्केरी आमालाई सहयोग निरन्तर जारी राखेको छ भने आगामी दिनमा पनि सहयोग निरन्तर गरिने भएको जनाइएको छ ।

अतिविपन्न सुत्केरीले पाउँछन् सहयोग

जिल्ला अस्पताल हुम्लामा सुत्केरी भएका मध्ये दैनिक काम गरेर खाने, काम गर्न नपाउँदा आर्थिक अभावसँगै घरमा खाद्यान्न अभाव भएका प्रति महिलालाई १० केजी चामल, ५ केजी दाल, एक किलो नुन, चिनी, र एक प्योकट, तेल, एक क्यारेक्ट अण्डा सहयोग गरिदैँ आएको नर्स लामाले बताईन् ।

यस्तै उनिहरुलाई सरसफाईा लागि लुगा धुने सावुन, नुहाउने साबुन एक एक र बरमञ्ज लगायतका सामाग्रीको उक्त संस्थाले सहयोग गर्दै आएको लामाले जानकारी दिईन् । एक जना महिलालाई ३ हजार ७ सय ५० रुपैया बराबरको आर्थिक सहयोग हुँदै आएको जनाइएको छ ।

मोबाईलमा एप्सको प्रयोग गरेर कोर्डको आधारमा उनिहरुलाई सदरमुकाम सिमकोटमा रहेको टि सप्लायर्स पसलसँग सम्झौता गरेर त्यतैबाट खाद्यान्न देखि सरसफाईका सामाग्री सहयोग गरिदैँ आएको बताइएको छ ।
यस्ता सामाग्री विशेष गरी दैनिक काम गरेर जीविकोपार्जन गर्दै आएर पनि बढी मार परेका आर्थिक अवस्था कम्जोर भएका गरिब जो जिल्ला अस्पतालमा सुत्केरी भएका महिलालाई उक्त संस्थाले सहयोग गर्दै आएको उनको भनाइ छ । सुत्केरी भएका शारीरिक रूपमा अशक्त, विपन्न एकल महिलाका परिवारलाई सहयोग गरिदैँ आएको हो ।

आफुहरु जस्ता आर्थिक अवस्था कम्जोर भएका सुत्केरी महिलालाई सुत्केरी भएको समयमा पोषिलो खाने कुरा सहयोग पाएको सोही संस्थालाई सिमकोट गाउँपालिका वडा २ का तीर्थपुरी बोहराले बध्यवाद समेत दिनुभएको थियो ।

आरसिएचसी संस्थाका सदस्य केसाङ डोल्मा लामाको पहलमा सहयोग वितरण हुँदै आएको हो भने आफ्नो पहलमा आफ्नै जिल्लाका गरिब, दुखी, सुत्केरी महिलाले सहयोग पाउँदा खुसी लागेको लामाले बताईन् । यस्तै आरसिएचसी संस्थाक अध्यक्ष डाक्टर सोनाम रिन्चेन लामा हुन् ।

यसरी डिजीटल प्रविधिबाट सहयोग प्रदान गर्दा छिटो र छरितो हुनुका साथै पार्दशीता समेत हुने भएको छ । डिजीटल प्रविधिको क्यूआर कोडको प्रयोग गरेमा अनियमीतता समेत नहुँने र पार्दशीता हुने भएको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]