लोलुङजोङको हवाई अनुगमनमा मुख्यमन्त्री शाहीको टोली

नेपालचेक समचारदाता शनिबार, आषाढ २६, २०७८

सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाल–चीनको सिमानाको हवाई अनुगमनका लागि नाम्खा गाउँपालिका–५ को लोलुङजोङ पुगेका छन् ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही सहित शुक्रबार हुम्ला ओर्लिएका मुख्यमन्त्री शाहीको टोली शनिबार सिमानाको स्थलगत अनुगमनका लागि हेलिकोप्टरमा लोलुङजोङ गएका हुन् ।

कैलास एयरको 9MT कलसाइनको हेलिकोप्टरमार्फत शनिबार बिहान १० बजेर १० मिनेटमा कांग्रेस नेता शाही, पुर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता विमला केशी, सहायक प्रमुख जिलला अधिकारी दशरथ राई र मुख्यमन्त्रीका सुरक्षा गार्ड जम्दार नारायण चौधरी सहितको टोली नेपाल–चीनको सिमा क्षेत्रको अनुगमनका लागि गएको हो ।

चीनले नेपाली भूभागमा आप्mना भवन बनाएको खबर सार्वजनिक भएको दश महिना पछि प्रदेशका कार्यकारी प्रमूखको हैसियतले मुख्यमन्त्री शाही पहिलो पटक नाम्खा–५ को लोलुङजोङ पुगेका हुन् ।

गत वर्षको भदौं १९ गते शनिबार वडा नम्बर ६ लिमिमा एकिकृत शिविर सञ्चालन गर्न र योजनाहरुको स्थलगत अनुगमन गर्ने उद्देश्यले लिमि गएका तत्कालिन हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाल नेतृत्वको ४२ सदस्यीय टोलीले लोलुङ पुगेर कैलासको दूर दर्शन गर्ने क्रममा कैद गरेका फोटामा लोलुङजोङमा चीनले नयाँ भवन निर्माण गरेको देखेपछि चीनलेनेपाली सिमाना मिचेको खबर निकै चर्चामा आएको थियो ।

त्यसैबेला प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामा र प्रदेश सभा सदस्यजीवनबहादुर शाहीले समेत उक्त क्षेत्रको स्थलगत भ्रमण गरेका थिए । देश विदेशका सञ्चार माध्यममा निकै चर्चा बटुलेको उक्त समयमा मुख नखोलेको कर्णाली प्रदेश सरकारले १० महिना पश्चात औपचारिक रुपकाउक्त क्षेत्रको स्थलगत अनुगमन शुरु गरेको हो ।

विश्वभरका सञ्चार माध्यममा निकै चर्चा बटुलेको नाम्खाको लोलुङजोङको सिमा क्षेत्रमा चीनले निर्माण गरेको भवन र अन्य क्षेत्रका बारेमा स्थलगत अनुगमन गर्ने भन्दै मुख्यमन्त्री शाही आज त्यसतर्फ गएका हुन् । चालू आर्थिक वर्ष सकिन ५ दिन मात्रै बाँकी रहेका वेला मुख्यमन्त्री शाही सत्तासाझेदार दलका नेतालाई लिएर सिमानाको अनुगमन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सबै भन्दा नजिकको सरकारका हैसियतले उक्त क्षेत्रको स्थलगत अनुगमन गर्ने र सोही अनुसारको प्रदेशको धारण तय गर्न टोली सिमा क्षेत्रमा प्रवेश गरेको टोलीमा संलग्न नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पुर्वमन्त्री जीवनबहादुर शाहीले बताए ।

लिमि जानु अघि संक्षिप्त प्रतिक्रिया दिएका नेता शाहीका अनुसार टोलीले लाप्चा र हिल्सा सीमाक्षेत्र विवाद भएपछि वास्तविकताका विषयमा अनुगमन गर्ने छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]