सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन अनिश्चीत समयका लागि पुन स्थगीत भएको छ ।
नेकपा एमाले हुम्लाको माघ २३ गते हुने भनिएको नवौँ जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको हो । पार्टी केन्द्रिय कार्यालयबाट यहि माघ ३ गते गरिएको निर्देशन र हुम्ला जिल्ला लगायत देशभर बढ्दो कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अधिवेशन स्थगित गरिएको हो ।
पार्टीका जिल्ला कार्यवाहक अध्यक्ष ज्ञामी बुमीद्धारा निर्देशन गरिएको उक्त पत्रमा बढ्दो कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर पार्टीका जिल्ला कमिटिका नेताहरुसँग अनौपचारिक सल्लाह गरी अर्को सुचना नभएसम्मका लागि यहि माघ २३ गने तोकिएको जिल्ला अधिवेशन सारिएको हो ।
पार्टीको केन्द्रिय निर्देशन अनुसार अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित भएको कार्याबाहक अध्यक्ष बुमीले बताउनुभयो । बढ्दो कोरोना संक्रमणका कारण स्थगित भएको जिल्ला अधिवेशनका लागि अर्को सूचना प्रकाशित गरिने भएको छ । अधिवेशनका लागि अर्को बैठकले मिती तोक्ने भएको उहाँले बताउनुभयो ।
साथै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पार्टीका कामहरु गर्न आफ्ना नेताहरुलाई अनुरोभ समेत गरिएको छ ।