हिमपातले खोपअभियान प्रभावित, हवाई सेवा अवरुद्ध,जनजीवन कष्टकर

बेलुमाया महतारा शनिबार, माघ २२, २०७८

सिमकोट । हुम्लामा विहिबार साँझदेखि परेको भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित बनाएको छ । हुम्लामा विहिबारदेखि निरन्तर भएको हिमपात शनिबार विहानबाट रोकिएको छ ।

हिमपातले यहाँको जनजीन कष्टकर बनाउनुका साथै एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न समेत थप कठिनाइ बनाएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानीमा दुई फिट बढी हिउँ जमेको छ ।

हिमपातले सदरमुकाम सिमकोटमा समेत सर्वसाधरणलाई आवतजावतमा समस्या बनाएको छ । निरन्तरको हिमपातसँगैको चिसोले गर्दा यहाँको दैनिकीमा थप समस्या बनाएको छ । यस्तै जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ । तापक्रम माइनसमा झर्दा यहाँका नागरीकलाई दैनिकीमा समस्या बनाएको छ ।

हवाई सेवा अवरुद्ध

दुई दिनदेखि लगतार परेको भारि हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जा्ेड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । विहिबार विहानैदेखि जिल्लाको सदरमुकाम सिमकोट लगायत जिल्लाका अन्य स्थानमा भारि हिमपात हुँदा दैनिक रुपमा उडान भर्दै आएको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको हो ।

जिल्लामा दुई दिनदेखि हवाई सेवा उडान नभर्दा विभिन्न सामग्रिको अभाव हुने देखिएको छ । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुलाई समेत समस्या बनाएको छ । हिमपातले हवाई सञ्चालनमा अउन नसकेपछि बजार व्यवसायीको दैनिक उपभोग्य सामानको अभाव भएको छ । नेपालगञ्ज र सुर्खेतबाट दैनिक दिन भित्री आएको तरकारी, र मासु आयात हवाई सेवा अवरुद्ध हुँदा ठप्प भएको छ ।

हिमपातले जिल्लाको यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई सेवा उडान नभर्दा नेपालगञ्ज र सुर्खेतबाट आवत जावत गर्ने यात्रुलाई समेत समस्या बनाएको छ । त्यस्तै सदरमुकाम सिमकोटदेखि करीव ११ किलोमिटर गाडि सञ्चालन हुने खार्पु सडक खण्ड समेत अवरुद्ध बनेको छ । बाक्लो हिउँ जम्दा छोटो दुरीका गाडी सञ्चालनमा आउन नसकेका हुन् ।

एसइई टिउसमा सकश

हिमपात हुँदा एसइई तयारी गर्न टिउसन लिने विद्यार्थीको समेत पठनपाठन प्रभावित भएको छ । सदरमुकाम सिमकोटमा बाक्लो हिमपात भएपछि एक ठाउँबाट अर्को ठाउँसम्म जानलाई सास्ति भएपछि टिउसन कक्षा अवरुद्ध बनेको हो । यो वर्षको सबै भन्दा बढि हिमपात यो पटक परेको हुँदा स्थानीय नागरिकहरुलाई भने केही असहज्ता भएको राज बहादुर बोहराले बताउनुभयो ।

उत्तरी नाम्खा चारफिट बढी हिउँ जम्यो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा चार फिट भन्दा बढी हिमपात भएको छ । नाम्खा गाउँपालिको जिल्लाको उच्च पालिकामा पर्ने भएकाले यहाँ जिल्लाको सबैभन्दा बढी हिमपात हुने गर्दछ । यस क्षेत्रमा भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्नलाई समेत कठिनाई बनाएको छ । हिल्सा, न्यालु, यारी लगायतका क्षेत्रको आवतजावत बन्द भएको छ ।

हिमपातले जिल्ला सदरमुकाम सिमकोट देखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावत समेत बन्द भएको छ । विहिबार निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँहरुमा आवतजावत गर्नमा बन्द भएको छ ।
हिमपातले उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कन समेत समस्या परेको छ । मुचुमा अहिले सम्म झण्डै चार फिट जती हिउँ जमेकाले घरबाट बाहिर निस्कीन समेत समस्या भएको छ । हिमपात भए सँगै पशुवस्तुलाई समेत समस्या बनाएको छ ।

खोप अभिया प्रभावित

हिमपातले जिल्ला भरि सञ्चालन भइरहेको कोरोना विरुद्धको खोप अभियान दुई दिनदेखि प्रभावित बनेको छ । लगातार हिमपात भएपछि खोप सञ्चालन हुने खोप केन्द्रमा सेवाग्राही पुग्न नसक्दा चिसोले खोप पनि लगाउन नसकिने भएपछि उक्त कार्य प्रभावित भएको हो ।

जिल्लामा दोस्रो मात्राको खोप लगाउने तयारी गरेका स्थानीय सेवाग्राही खोप केन्द्रसम्म चिसोले जान नसकेको बताउने गरेका छन् । चिसो अत्याधिक बढेको र बाटोमा चिप्लो हुने भएका कारण खोप लगाउन स्वास्थ्य सेवा कार्यालयमा जान नसकेको सिमकोट गाउँपालिका दुईका बदुम बोहराले बताउनुभयो ।
सिमकोट गाउँपालिका–१ को दोजाम आधारभुत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मी रत्न बोहराले दुई दिनदेखि लगातार हिमपात भई रहेको कारण कोरोना बिरुद्धको खोप लगाउने कार्य बन्द भएको बताउनुभयो ।

चिसोले गर्दा खोप केन्द्रमा स्वास्थ्यकर्मी उपस्थित भएको भएपनि सेवाग्राही कोही पनि नआएका कारण खोप लगाउने कार्य प्रभावित भएको बताउनुभयो । दैनिक १ सय ५० जना सेवाग्राही सो खोप केन्द्रमा खोप लगाउन आउने गर्थे गरेको भएपनि हिमपातले अहिले शून्य रहेको बताइको छ ।

हिमपातले गर्दा दुई दिन यता जिल्ला भरि कोरोना बिरुद्धको खोप लगाउने कार्य प्रभावित भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले बताउनुभयो । जिल्ला अस्पतालमा समेत दुई दिनदेखि खोप लगाउन कुनै पनि सेवाग्राहीको उपस्थित हुन नसकेको बताउनुभयो ।

जिल्लाका सात वटै गाउँपालिकाका ८१ वटा खोप केन्द्रमा खोप सहित स्वास्थ्यकर्मी पुगेर अभियानका रुपमा सञ्चालन गरेको भएपनि हिमपातले सो कार्य पुर्ण रुपमा बन्द भएको बताउनुभयो । यस कार्यमा दुई सय भन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेविका परिचालन हुनु भएको छ ।

चिसोले तापक्रम माईनस पुगेको र लगातार हिमपात भई रहेको कारण खोप लगाउने कार्य प्रभावित भएको बताउनुभयो । यतिखेर जिल्लाभर बालबालिकाका लागि मोडर्ना खोपको दोस्रो मात्रा, बुस्टर खोप र अन्य पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्य जारी रहेको जिल्ला अस्पाताल स्रोतले जनाएको छ ।
आज विहानबाट हुम्लामाको मौसममा सुधार आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]