बिरामी महिलाको तीनदिनपछि हेलिकोप्टरमार्फत उद्धार

नेपालचेक समाचारदाता सोमबार, माघ २४, २०७८

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाबाट एक जना शख्त घाइते विरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

घाँस निकाल्ने क्रममा घरको छतबाट लडेका नाम्खा गाउँपालिका वडा ५ को तुम्कोट गाउँकी ५५ वर्षिया छिरिङ तामाङ्को तीन दिनपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

माघ २१ गते बेलुका पशुवस्तुका लागि घाँस निकाल्न जाँदै गर्दा आफ्नै घरको छतबाट लडेर सख्त घाइते भएकी तामाङ्कोे तीन दिनपछि 9n-ajq नम्वरको फिस्टेल हेलिकप्टर मार्फत उद्धार गरिएको श्रीमान तन्जन तामाङ्ले बताए ।

तामाङ्को लडेर ढाड भाचिएपछि आफ्नै व्यक्तिगत खर्चमा आइतवार हेलिकप्टर रिजर्भ गरि जिल्ला बाहिर काठमाण्डौँ लगिएको विरामीका श्रीमान तामाङ्ले जानकारी दिए । उनका अनुसार हेलिकप्टर रिजर्भका लागि रु ८ लाख रुपैयाँ खर्च गरेपछि मात्रै आफ्नो श्रमतीको उद्धार हुन सफल भएको हो । घाइतेको कुरुवाका लागि दुई जना आफन्त पनिसगै गएका छन् ।

सडक सञ्जालले नछोएको हिमाली जिल्ला हुम्लामा सामान्य विरामी पर्दा पनि गरीब निमुखा सर्वसाधरणले रिण मागेर भए पनि हेलिकप्टर चार्टर गर्नु पर्ने बाध्यता अझै कायमै छ । यहाँका नागरिकले यस्तो समस्या कहिलेसम्म भोग्नु पर्ने हो ? स्थानीय ग्याम्जु लामाको भनाई रहेको छ ।

आर्थिक स्तरमा मज्वुद भएका नागरिकले जिल्ला बाहिर लैजान सक्लान तर अन्य सर्वसाधरणलाई भने निक्कै समस्या हुने गरेको देखिएको छ ।

गाउँमा पर्याप्त औषधि उपकरका साथै जटिल विरामीका लागि उपकरण नहुँदा हुम्लीले आफ्नै व्यक्तिगत खर्चमा महंगो मूल्य तिरेर भएपनि जिल्ला बाहिर उपचारका लागि हेलिकोप्टर रिजर्भ गर्ने गरेका छन् । हुम्लामा सडक सञ्जाले नछोएको हुनाले यहाँका नागरीकले समस्या भोग्नु परेको छ ।

उता बिहिबार र शुक्रबार दुई दिन लगातार हिमपात हुँदा खराब मौसम भएका कारण उद्धार हुन नसकेको हो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]