हावाहुरीले हवाई सेवा अवरुद्ध,सिमकोट पुगेर जहाज फिर्ता

नेपालचेक समाचारदाता शुक्रबार, माघ २८, २०७८

सिमकोट । हुम्लामा बिहान साढे दश बजेबाट हावाहुरी चल्दा अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई यातायात बन्द रहेको छ । सडक सञ्जालमा नजोडिएको हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाईसेवा नियमित हावाहुरी चल्दा उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।

बिहानको समयमा केही दिन अगाडी भएको हिमपातले विमानस्थलको माथिल्लो भागहरुबाट हिउँ पग्लिएर रातीको समय तापक्रम माइनसमा झर्दा बरफ जमेर उडान हुन छोडेको छ । भने घाम लागि सकेपछि मात्रै दश बजेपछि उडान हुँदै आएको भएपनि आज विहमान हावाहुरी चल्दा उडान हुन नसकेको हो ।

बिहानको समयमा मौसम सफा रहेर नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेका सिता,समिट र तारा एयर सिमकोट पुगेर ल्याण्ड गर्न नसकेर फिर्ता भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । हुम्ला पुगेर विमानस्थलमा ल्याण्ड गर्ने क्रममा एक्कासी हावाहुरी चल्दा जहाजहरुले आकाशमै घुमेर सिमकोट विमानस्थलमा पार्किङ् गर्न नसकेर फिर्ता भएका हुन् । हावाहुरी पुगेर जहाजहरु पुन नेपालगञ्ज नै फिर्ता भएका हुन् । नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्ने गर्दछ ।

हावाहुरीका कारण नेपालगञ्जबाट उडान हुन नसकेको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्यदेखि खाद्यान्न ढुवानी हुन नसकेको हो । यस्तै जिल्लाबाहिर जाने सिमकोटमै रोकिएका छन् भने जिल्लाबाहिर हुम्ला पुग्ने यात्रुसमेत नेपालगञ्जमै रोकिएका हुन् ।

बिहादेखि लगातार हावाहुरी चल्दा हुम्ला सदरमुकाम सिमकोटको जनजीवन प्रभावित भएको छ । बिहिबार बिहानदेखि अहिलेसम्म नियमीत हावाहुरी लाग्दा सिमकोटवासीलाई समस्या बनाएको छ । हावाहुरीले आवतजावतमा समेत निकै कठिनाइ भएको छ ।

नियमीत हावाहुरी लागेपनि अहिलेसम्म कुनै ठाउँमा क्षेति नभएको बताइएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
nepalchek2078@gmail.com
sureshpariyar700@gmail.com
danebohara390@gmail.com