सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा -४ को मेलरुख भन्ने ठाउँमा भेटिएको बम नेपाली सेनको डिस्पोजल टोलिद्धारा आजै डिस्पोज गरिएको छ ।
शुक्रबार वडा -४ लेख गाउँका स्थानीय सिन्दान्त जेठराले बाटोमा हिड्ने क्रममा उक्त बम फेला पारेका थिए । भने उक्त बम भेटाए लगत्तै प्रहरी चौकी याङ्चुलाई खवर गरेको थियो । प्रहरी चौकी याङ्चुलाई खवर गरे लगतै प्रहरी सहायक निरिक्षक जगदीश भण्डारीको नेतृत्वमा उक्त टोली बम भेटिएको स्थानमा पुगेर बम भएको पुष्टि गरेपछि ठिस्पोज गरिएको हो ।
उक्त टोलिले सकेट बम रहेको र बम पुरानो खिया लागेको प्रमाणित गरेको थियो । बम डिस्पोजलका लागि बरादल गुल्म रानीवनबाट सेनानी गणेश खड्काको नेतृत्वमा गएको टोलीले डिस्पोज गरेको सहायक प्रमुख जिल्ला अधिकारी दशरत राईले बताए । उक्त बम शुक्रबार अप्रान्ह नेपाली सेनाको बम डिस्पोजल टोलिद्धारा डिस्पोज गरिएको बताइएको छ ।