सुत्केरी हुन नसक्दा चारदिन पछि लालकलाको हेलिकोप्टरमार्फत उद्धार

दाने बोहरा शनिबार, फाल्गुण ०७, २०७८

सिमकोट । हुम्लाको दक्षिण भेगबाट सुत्केरी हुन नसकेकी महिलाको चारदिन पछि नेपाली सेनाको हेलिकप्टरले हवाई उद्धार गरेको छ ।

चंखेली गाउँपालिका वडा ४ को तल्लो पाली गाउँकी २५ वर्षिय लालकला बोहराले बच्चा जन्माउन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । बच्चा जन्माउन नसकेर प्रवश व्यथाले च्यापेकी लाकलाको चार दिनपछि शनिबार उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।

फागुन ४ गतेदेखि व्यथा लागे पनि सुत्केरी हुन नसकेपछि शनिबार बिहान बोहरालाई स्वास्थ्य चौकी ल्याइएको थियो । तर अवस्था जटिल भएपछि शनिबार हेलिकोप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।

गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेलिकोप्टर झिकाइएको थियो । व्यथा लागेर शिशुको हात बाहिर निस्केको अवस्थामा बोहराको हवाई उद्धार गरिएको हो ।

बोहराका श्रीमान गोर्खले सरकारी प्रयासले मात्रै हवाई उद्धार सम्भव भएको जानकारी दिए । श्रीमतीको सल्याक्रियामार्फत सुत्केरी गराइएको बताए । उनका अनुसार शिशुलाई बचाउन नसकिए पनि आमाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनुभयो । श्रीमान गोर्खले हवाई उद्धार गरेर आमाको ज्यान जोगाउन सहयोग गर्ने सरकारी निकाय र पदाधिकारीहरुप्रति आभार भने व्यक्त गर्नुभयो ।

यस्तै चारदिन अगाडि खार्पुनाथ गाउँपालिका वडा २ को थाली गाउँकी सुत्केरीपछि सुन्निएर स्वासप्रस्वासमा समस्या आएको जानसा रावलको हवाई उद्धार गरिएको थियो । यसअघि व्यथाले थलिएकी दुई गर्भवती महिलाको समेत हवाई उद्धार गरिएको थियो । समयमै हवाई उद्धार गरिँदा उनीहरुको ज्यान बचेको थियो ।
एक हप्तामा दुई जना महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लामा प्रयाप्त श्रोतसाधन नहुँदा यहाँका गर्भवती तथा सुत्केरी हुन नसकेका महिलाको उद्धार महिला बालबालिका तथा जेष्ठ नागकरी मन्त्रनलयले नेपाली सेनाको हेलिकप्टरमार्फत निशुल्क उद्धार गर्दै आएको छ ।

तस्विरमा उद्धार गर्दै नेपाली सेनाको हेलिकप्टर

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]