सिमकोट । दुर्गममा वसोवास गर्दै आएका बित्पन्नलाई कम्बल सहयोग गरिएको छ । आर्थिक अबस्था न्यून भएका गरिब तथा एकल महिलालाई सो कम्बल सहयोग गरिएको हो ।
नेपाली काँग्रेस हुम्लामा उपसभापति बसन्त रोकायाले सत्य साई केन्द्र सुर्खेतबाट प्राप्त भएका पचास मध्य चालीस जना बित्पन्नलाई बितरण गरिएको जानकारी दिनुभयो । केन्द्रबाट हुम्लासम्म कम्बल ल्याउन उहाँले सहजिकरण गर्नु भएको थियो । चिसो बढी रहेका बेला त्यसबाट बचाउनका लागि मानवीयभावले ती कम्बल सहयोग गरिएको हो । केन्द्रबाट सहयोग स्वरुप उपलब्ध भएका कम्बल सिमकोट गाउँपालिका– ७ को डाँडाफाया, टुलिङ, धारापोरी र चौगानफया तथा ८ को स्याडाँ, खोल्सी र साँता बस्तीका चालीस जनालाई घरघरमै पुगेर कम्बल बितरण गरिएको हो । वडा कार्यालयको समन्वयमा न्यून आयश्रोत भएका, बित्पन्न, एकल महिला, जेष्ठ नागरिक, दलित लगाएतलाई छनौट गरेर कम्बल बितरण गरिएका हुन ।
कम्बल पाएपछि जेष्ठ नागरिकले चिसोबाट बच्न सहयोग पुग्ने भएको कारण खुसी व्यक्त गर्नु भएको छ । केन्द्रको सुर्खेतबाट प्राप्त भएका पचास थान कम्बलको सिमकोटसम्म हवाई मार्गको ढुवानीमा भने बिपि चिन्तन प्रतिष्ठान हुम्लाका सभापति मधु बस्ने शाहीले सहयोग गर्नु भएको थियो । बचेको दश थान कम्बवल भने छुटेको बित्पन्नलाई बितरण गरिने भएको छ । केन्द्रले बर्षेनी रुपमा हुम्लाका बित्पन्न नागरिकका लागि कम्बल, खाद्यन्न लगाएतका सामाग्री सहयोग गर्दै आएको छ ।