दुई गाउँबिच सडक विवाद: एक महिला घाइते

नेपालचेक समाचारदाता सोमबार, फाल्गुण १६, २०७८

सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका वडा ४ र ५ बिच सडक निमार्णको विषयलाई लिएर दुई गाउँको विवाद हुँदा एक जना महिला घाइते हुनु भएको छ ।

निमार्ण भइरहेको सल्लीसल्ला, घट्टेचौर हुँदै टाँकेसम्मको सडकको विषयलाई लिएर दुई गाउँ बिच विवाद हुँदा अन्दाजी ४० वर्षिय धर्मा तामाङ घाइते भएको नेक्पाका स्थानीय धनलाल तामाङले बताउनुभयो । सडक विभाग अन्तर्गत ठेक्का सम्झौता भएर एक दिन काम गरेर दोस्रो दिन आइतबार डोजरले काम गरिरहेको समयमा वडा ४ पाली गाउँका स्थानीयले आफ्नो गाउँलाई छोएर रोड लिनुपर्ने भन्दै डोजरलाई काम गर्न नदिएर ताला खोसेर लिएका थिए ।

सडक खन्ने कार्य अवरुद्ध भएपछि वडा ५ नेक्पा गाउँका स्थानीय त्यस क्षेत्रमा पुगेर काम अगाडी बढाउन आग्रह गर्दा वडा ४ पाली गाउँका नागरीक आक्रोसित हुँदै दुई गाउँ बिच विवाद भएको हो ।

पालीका युवा आक्रोशित भएर सडकले आफ्नो गाउँलाई नछोएको भन्दै झडप भएपछि तामाङको अनुहारमा चोट लाग्नुका साथै अगाडीका चारवटा दाँत समेत भाँचिएको स्थानीय धनलाल तामाङले बताउनुभयो । आइतबार दुई गाउँ विच विवाद हुँदा घाइतेको अहिले उद्धारको पहल भइरहेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित निकायले उद्धारमा चासो नराख्दा घाइतेलाई अहिले एम्बुसेन्समार्फत उद्धारको पहल भइरहेको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]