सिमकोट । हुम्लामा बाघको छाला र हड्डी सहित एक जना युवक पक्राउ परेका छन् । बाघको छाला र हड्डि सहित समातिनेमा ताँजाकोट गाउँपालिका वाड ४ उत्तिस्यानीका ३७ वर्षिय सुनिल सार्की रहेका छन् ।
प्रहरीको विशेष स्रोतका अनुसार सुनार आज समातिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले बताउनुभयो । अस्थायी प्रहरी चौकी छप्रेलाले विशेष सुराखीको आधारमा सोमबार बाघको छाला र हड्डी सहित पक्राउ परेका सुनारलाई सदरमुकाम सिमकोटमा ल्याउँदै गरेको उपरिक्षक शर्माको भनाई रहेको छ ।
घरमा लुकाई रहेको अवस्थामा प्रहरीले छाला र हड्डी बरामद गरेको थियो । प्रहरीले छाला र हड्डीको मुचुल्का समेत गरिएको बताइएको छ । यो विषयमा अनुसन्धान भई रहेको प्रहरी स्रोतले जनाएको छ ।