दुई विद्यालयलाई ल्यापटप सहयोग

नेपालचेक समाचारदाता शनिबार, फाल्गुण २१, २०७८

सिमकोट । उच्च हिमाली दुर्गम हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको रलिङ्ग माध्यामिक विद्यालयलाई तीन थान ल्यापटप सहयोग गरिएको छ ।

काठमाडौंको सास इस्टिच्युट प्राइभेट लिमिटेडले रलिङ्ग माध्यामिक विद्यालयलाई निःशुल्क ल्यापटप उपलब्ध गराएको हो । वडा –३ का स्थानीय रविन्द्र लामाको सहजीकरणमा न्यून आयश्रोत भएको दुर्गमको रलिङ्ग माविलाई ३ थान ब्रान्डेड ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको विद्यालयका प्रधानध्यापक छिमि लामाले बताए ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको हो । विद्यालयको आवश्यकतालाई ध्यान दिएर सासबाट ती ल्यापटप उपलब्ध भएका हुन् । नयाँ ल्यापटप पाएपछि विद्यालयका शिक्षकलाई पठनपाठनमा सहयोगी हुने प्रधानध्यापक लामाले बताए ।

आफ्नै स्रोतले विद्यालयले ल्यापटप खरिद गर्न नसकिरहेका बेला विद्यालयलाई ल्यापटप उपलब्ध हुँदा शिक्षकलाई प्रविधिबाट अध्यापन गर्न सहज हुनेभएको उहाँले बताउनुभयो । अहिलेको प्रविधिको युगमा विद्यार्थीलाई समेत सिकाईमा सहज हुने भएको छ ।

सास इस्टिच्युट प्राइभेट लिमिटेडले यस अघि सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयलाई पनि तीन थान ल्यापटप सहयोग गरेको थियो । रलिङ्ग माध्यामिक विद्यालयमा कक्षा एक देखि दशसम्म पठनपाठन हुँदै आएको छ ।

विद्यालयले ल्यापटप सहयोग पाएपछि विद्यार्थीको पढाइमा असर नपर्ने गरी उनिहरुलाई कम्प्युटर सिकाइने भएको प्रधानध्यापक लामाले बताउनुभयो । उक्त विद्यालयमा सिमकोट गाउँपालिका वडा १,२ र ३ गाउँका बालबालिका अध्ययन गर्दै आएका छन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]