बालविवाह न्यूनिकरण गर्न देउडा प्रतियोगीता

बेलुमाया महतारा सोमबार, फाल्गुण २३, २०७८

सिमकोट । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा बालविवाह सम्बन्धी जनचेतना मुलक देउडा प्रतियोगीता सम्पन्न भएको छ । लामो समय देखि महिला, बालबालिका, लगायतका क्षेत्रमा काम गर्दै आएको नेपाल अष्ट्रिया साँझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका वडा ५ र ६ मा गाउँमा बालविवाह न्युनिकरणका लागि देउडा प्रतियोगीता सञ्चालन गरेर सम्पन्न गरेको छ । आइतबार वडा ६ माथिल्लो गाउँ र सोमबार तल्लो गाउँमा देउडा गीत प्रतियोगीता सम्पन्न गरेको हो ।

सदरमुकाम सिमकोट सहित जिल्लाभर बालविवाह, महिला माथि हुने हिंसा, घरेलु हिंसा लगायतका घट्नाको कमी नआएको कारण यसको अन्त्य गर्नका लागि देउडा गीत प्रतियोगिता सञ्चालन गरेको सोही संस्थाका डिचिन डोल्कार लामाले बताउनुभयो ।

एक–एक दिनको अन्तरालमा भएको देउडा प्रतियोगीतामा वडा नम्बर ६ माथिल्लो गाउँमा दशवटा महिला टिमको सहभागीता रहेको थियो भने सोमबार पनि पाँच नम्बर वडामा रहेका दशवटा महिला टिमको सहभागीता रहेको थियो ।

व्डा ६ मा आइतबार भएको देउडा प्रतियोगीता कार्यक्रममा वडा ६ का दश महिला टिम मध्ये प्रथम तीन धारा महिला समुह, द्धिर्तीया कालाशिल्ता महिला समुह र तृतियामा चन्दनाथ महिला समुह विजेता भएको आयोजक तथा नेपाल अष्ट्रिया साँझेदारी संस्थाका डिचीन डोल्कार लामाले बताइन् । सोमबार वडा पाँचमा भएको उक्त प्रतियोगीतामा प्रथम शिव मन्दिर महिला, द्धिर्तीया सूर्यमुखी महिला समुह र तृतियामा पञ्चमुखी महिला समुह विजेता भएको लामाले बताइन् ।

उनिहरुलाई क्रमश प्रथमलाई रु चार हजार, तीन हजार र रु २५ सय पुरस्कार प्रदान गरिएको जानकारी हो । यस्तै अन्य सातवटा टिमलाई रु १५ सयका दरले पुरस्कार प्रदान गरिएको हो ।

यस्तै आइतबार वडा ६ का वडाध्यक्ष जयचन्द्र रोकायाको प्रमुख आथित्यमा र सोही संस्थाका कार्यक्रम संयोजक छेपाल दोर्जे लामाको अध्यक्षतामा बालविवाह न्युनिकरण सम्बन्धि देउडा गीत प्रतियोगीता सम्पन्न भएको हो भने सोमबार वडा नम्बर पाँचका वडाध्यक्ष कर्ण बहादुर बोहराको प्रमुख आथित्यमा र सोही संस्थाका कार्यक्रम संयोजक छेपाल दोर्जे लामाको अध्यक्षतामा देउडा प्रतियोगीता सम्पन्न भएको हो । देउडा प्रतियोगीतामा यहाँका महिलाहरुले आफ्नो पुरानो पहिरनमा सहभागी भएका थिए । नेपाल अस्ट्रिया साँझेदारी संस्थाले हरेक वर्ष देउडा प्रतियोगीता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]