सिमकोट । हुम्लाको सदरमुकाममा रहेको सिमकोट वडा नम्बर ५ तल्लो गाउँमा शनिबार दिउँसो आगलागी भएको छ । पशुवस्तुका लागी जम्मा गरेर राखिएको घाँस र दाउराको खातमा आगलागी भएको हो । बालबालिकाले खेल्दै गर्दा उक्त खातमा सल्किएको आगोले एक गोठ समेत जलेरु नष्टभएको जानकारी प्राप्त भएको छ । आगलागीबाट वसन्त रोकायाको खर र दाउरा तथा पदम रावत र चक्र रावतको दाउरासमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय, प्रहरी र सशस्त्र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन् । वडा नम्बर पाँचको तल्लो गाउँमा रहेको विच गाउँमा आगलागी भएको थियो ।
यहाँका स्थानीय र सुरक्षाकर्मीको सक्रियतामा आगो फैलिन पाएन । झण्डै दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो । तल्लो गाउँमा घरहरु मिलेर जोडिएर बनाइएका छन् । यस्ता आगलागीबाट हुन सक्ने जोखिम सलाई, लाइट लगायतबाट बालबालिकालाई टाढा नै राख्नुपर्ने बताइएको छ । आगाले घर तथा मानविय र पशुवस्तको भने क्षेति गरेको छैन् । समयमै आगो नियन्त्रणमा आएपछि ।