सिमकोट । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र हुम्ला र जनता समाजवादी पार्टी विच समायोजन भएको छ । हुम्लामा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा समायोजन भएपछि जसपा हुम्ला रित्तिएको छ । भने माओवादी केन्द्र हुम्ला बलियो बनेको छ ।
आजै एक कार्यक्रमका विच समायोजन घोषणा सम्पन्न भएको हो । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सहित जिल्लाभरका कार्यकर्ता माओवादी केन्द्र हुम्लामा समायोजन भएका हुन् । आइतबार जिल्ला समन्वय समितीको सभाहलमा नेता कार्यकर्ताको ठूलो उपस्थितीमा समायोजन कार्यक्रम भएको हो । हुम्ला जिल्लाबाट जनता समाजवादी केन्द्रीय प्रतिनिधित्व गर्ने दुईजना केन्द्रीय सदस्य सहित सिङ्गो जिल्ला कार्यसमिती र नेकपा माओवादी केन्द्रबीच आइतबार समायोजन भएको हो । केन्द्रीय नीति नभए पनि जिल्लामा केही समय अघि दुई पार्टीबीच जिल्लास्तरमा समायोजन गर्ने सहमति अनुसार आइतबार घोषणासभा आयोजना गरेर समायोजन भएको हो ।
जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य बिरजङ्ग शाहीले केन्द्रीय सदस्यद्वय बिरजङ्ग शाही र कालीबहादुर बिक, संघीय परिषद सदस्य जसबहादुर भण्डारी, ८१ सदस्यीय जिल्ला कार्यसमिति र नेकपा माओवादी केन्द्रबीच जिल्लामा पार्टी समायोजना भएको हो । पार्टी समायोजन कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री एवं केन्द्रीय सदस्य महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसी, हुम्ला जिल्लाका सांसद तथा केन्द्रिय सदस्य छक्कबहादुर लामा, जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेश सहसचिव लालकेश जैशी लगायतको उपस्थिति रहेको थियो ।
आजै जनता समाजवादी हुम्लाबाट तीन सय घरधुरीका पाँच सय बढी कार्यकर्ता माओवादीमा समायोजन भएका हुन् । उनिहरुलाई माओवादी केन्द्र हुम्लाले टसि खाता बाजागाजा सहित पार्टीमा भव्य स्वागत गरेको सिमकोट गाउँपालिका माओवादी केन्द्र पार्टीका अध्यक्ष ताक्ला जिम्मेत लामाले जानकारी दिनुभयो । आजै भएको समायोजन कार्यक्रममा विभिन्न दलबाट माओवादीमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ । जनता समावादी पार्टीका केन्द्रिय सहस्य सहितका नेता कार्यकर्ता विगतमा माओवादी नै भएको र उनिहरु आफ्नै मुल घरमा फिर्ता भएको बताइएको छ । नेकपा माओवादी केन्द्र र जनता समावादी पार्टी हुम्लाको संयुक्त ओयोजनामा समायोजन कार्यक्रमको आयोजना गरीएको थियो ।
तस्विर दाने बोहरा