एसले थाल्यो चुनावी घरदैलो अभियान

नेपालचेक समाचारदाता आइतबार, चैत्र १३, २०७८

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टी हुम्लाले घरदैलो अभियान सञ्चालन गरेको छ । नेकपा (एकिकृत समाजवादी) पार्टीले जनतामा जाऔं, एकिकृत समाजवादी पार्टीलाई जिताऔं भन्ने अभियान ताँजकोट र अदानचुली गाउँपालिकाबाट सुरु भएको जानकारी प्राप्त भएको छ ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा जान सुरु गरेको नेकपा एस पार्टी हुम्लाले जानकारी दिएको छ । दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । स्थानिय निर्वाचन लक्षित अभियान आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटि हुम्लाको आयोजनामा ताँजकोटमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज लोक बहादुर हमाल , केन्द्रीय सदस्य, सह इन्चार्ज एवं अध्यक्ष शिवराज शर्मा र केन्द्रीय सदस्य, सह इन्चार्ज एवं कर्णाली प्रदेश युवा ईन्चार्ज हस्त बहादुर शाहिको विशेष उपस्थितिमा सम्पन्न भएको जिल्ला पार्टी सचिव कमल छत्यालले बताए ।

यस्तै सिमकोट गाउँपालिका वडा नम्बर आठमा रहेको स्याडा गाउँमा वडा किमटी गठन गरिएको जानकारी प्राप्त भएको छ । पूर्णसिंह बुढाको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरिएको जानकारी प्राप्त भएको छ । उपाध्यक्षमा बाँच बहादुर बुढा, महिला उपाध्यक्षमा जुना बुढा र सचिवमा रामसिंह बुढा लगायतको कमिटी गठन गरिएको छ । वडा कमिटीका साथै घरदैलो अभियान सञ्चालन भएको छ । चैत ११ गतेबाट उक्त अभियानमा जिल्ला पार्टी उपाध्यक्ष तीर्थराज रोकाया, उपसचिव प्रेमा लामा, जिल्ला कमिटी सदस्य रामचन्द्र बुढा लगायतको सहभागीता रहेको थियो ।

एस पार्टीको चैत ११ गतेदेखि २३ सम्म हुने जनपरिचालन अभियान सुरु गरेको छ । कार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त, ऐतिहासिक पृष्ठभूमि साथै पालिका तहका पदाधिकारी टोल तहका पदाधिकारीलाई विधानले दिएको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण प्रदान गरिरहेको जिलला पार्टी उपाध्यक्ष तीर्थराज रोकायाले बताए । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सातवटै गाउँपालिका र ४४ वटा वडामा चुनाव केन्द्रित राजनीतिक चहलपहल बढेको छ । दलका कार्यकर्ता दैनिकजसो केही न केही कार्यक्रम लिएर मतदाताको घर पुग्न थालेका हुन् ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]