सिमकोट । राष्ट्रिय युवा संघ नेपाल हुम्लाको सातौं जिल्ला अधिवेशनको आज उद्घाटन तथा खुल्ला सत्र सम्पन्न भएको छ । आज खुल्ला सत्र सम्पन्न भएको हो भने भोली बन्द सज्ञ सञ्चालन हुने भएको छ । सातौं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागी केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका संयोजक, सह इन्चार्ज किरण पौडेल सोमबार विहान हुम्ला पुग्नुभएको हो । राष्ट्रिय युवा संघ नेपाल हुम्लाका जिल्ला अध्यक्ष दिनेश रावतको अध्यक्षतामा तथा केन्द्रिय सदस्य तथा संयोजक पौडेलको प्रमुख आथित्यमा खुल्ला सत्र सम्पन्न भएको हो ।
यस्तै सातौं अधिवेशनका लागी केन्द्रिउ सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री दल रावल, पूर्व संविधान सभा सदस्य छिमिदोर्जे लामा आसाकार, कर्णाली प्रदेशका उपसचिव रुपा शाही, नेता अभिराम शाही, जिल्ला पार्टी अध्यक्ष कल बहादुर हमाल, जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, युवा संघका वातारण विभाग प्रमुख उपेन्द्र शाही, अन्य जिल्ला पार्टीका पदाधिकारीको उपस्थितीमा उद्घाटन सम्पन्न भएको जाकारी प्राप्त भएको छ । यस्तै सातौं अधिवेशनको कार्यक्रम खार्पुनाथ गाउँ कमिटी अध्यक्ष प्रकाश बहादुर शाहीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम मानसरोवर बहुमुखि क्याम्पासमा सम्पन्न भएको हो ।
तस्विर दाने बोहरा