सिमकोट । राष्ट्रिय युवा संघ नेपाल हुम्लाको सातौं जिल्ला अधिवेशन सम्पन्न गर्न हुम्ला पुग्नुभएका राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय संयोजक किरण पौडेलले भने, “नेकपा माओवादी केन्द्र निचोरिएको कागती हो, अब डस्टविनमा फ्याकिन्छ, ।” आगामी बैशाख ३० गतेपछि माओवादी विलय हुँदै जाने बताए । देशको ठुलो शक्ति एमाले नै हुने केन्द्रिय संयोजक पौडेलको भनाई थियो ।”
देशको राष्ट्रिय हितको रक्षा गर्न, विदेशीसँग शीर ठाडो गरेर कुरा गर्नसक्ने नेता भनेकै एमाले अध्यक्ष केपी ओली भएको उनको भनाई थियो ।
अहिलेको सरकारले त जयसिहं धामीको महाकालीमा हत्या हुँदा पनि केही बोल्न सकेन । धामीको विषयमा बोल्नुभन्दा भारतसामु लम्पसार भएर लज्जास्पद काम गरेको संयोजक पौडेलको भनाई थियो ।
उनले भने, “जब जब एमालेमाथि प्रहार हुन्छ, देशमा अराजकता हावी हुन्छ, राष्ट्रिय युवा संघ नेपालले युथ फोर्स मार्फत जवाफ दिन्छ”