शिक्षक, विद्यार्थी, र शिक्षासम्बन्धि काम गर्ने संघसंस्थालाई अभिमुखिकरण तालिम

भक्तराज ऐडी मंगलबार, चैत्र १५, २०७८

सिमकोट । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय युनेस्को निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयको आयोजना र सिमकोट गाउँपालिकाको शिक्षा शाखाको समन्वयमा दुई दिने स्थानिय तह विश्व भुमन्डलिय नागरिक शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष जयचन्द रोकायाको अध्यक्षता र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको प्रमुख आथित्यमा अभिमुखिकरण कार्यक्रमको सत्र सम्पन्न भएको । सोमबारबाट सञ्चालन भएको अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको हो ।

कार्यक्रममा प्रधानमन्त्री मन्त्रिपरिषद कार्यालयको सचिव याम कुमारी खतिवडा र उपसचिव प्रमिला आचार्य, युनेस्को आयोगको सचिवालयका सहायक महासचिव बाबुराम अधिकारी, सचिवालय सचिव गोबिन्द प्रसाद अर्याल, कार्यक्रम अधिकृत पदम राज जोशीको उपस्थित रहेको थियो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहभागीहरु बिचको जिज्ञासामा उठेका प्रश्नलाई छलफल गर्दै गर्दा मन्त्रालयका सचीव कोइरालाले शिक्षा नितिको आधारमा शिक्षकहरुले पाउने सेवा सुबिधा कायान्वयनमा ल्याउने तर विद्यार्थीले एक घन्टा पढ्नु पर्छ भने शिक्षकले दुई घन्टा पढेर शिक्षण गर्नु पर्ने बताए ।

कुनै पनि काम कार्य गर्दा मुख्य विषय नै शिक्षा हो स्थानीय तहले बजेट विनियोजित गर्दा पहिलो प्रथामिकता शिक्षा, स्वास्थ्य र सुरक्षालाई दिनुपर्नेमा जोड दिनुभयो । दुई दिने अभिमुखिकरण कार्यक्रममा मुख्यतया युनेस्को नेपालले शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको माताहतमा रहेर काम गर्ने राष्ट्रिय आयोग हो ।

यसमा प्रयाप्त बजेट नहुने र बौद्धिक संस्था भएकोले शिक्षा सम्बन्धी काम गरिरहेको छ । अभिमुखिकरण कार्यक्रममा युनेस्को नेपालले दिगो विकास लक्ष्यहरु सन २०३० सम्म पूरा गर्ने, गुणस्तरीय शिक्षा कसरी बनाउने, दिगो विकास लक्ष्यका पाँचवटा मुख्य खम्बा (पिलर) मान्छे, प्रकृति, शान्ती, समृद्धि र सक्रीय सहभागिता हुनुपर्ने अति आवस्यक रहेको युनेस्को नेपालका सह–महासचिव बाबुराम अधिकारीले बताए ।

अभिमुखिकरण कार्यक्रममा हुम्लाको पहिचान के हो हुम्लामा रहेका पर्यटकिय स्थल, जडिबुटी, भेषभुषा अर्गानीक अन्नबाली, संस्कृतीलाई कसरी जगेर्ना गरि व्यवस्थित बनाउने अर्काको भर नपरी आफै नयाँ अवधारणा अपनाएर विद्यार्थीलाई शिक्षण गर्नु शिक्षकको मुख्य पेशागत धर्म हो । सहजिकरण कार्यक्रममा युनेस्को नेपालका आदर्श, उद्देश्य लगायत विषयमा पहिचान, संरक्षण वाह्य पहिचानसँग कसरी तुलना गर्ने गरि आय स्रोत बढाउने आधुनिकिकरण प्रविधि सङ्ग जोडिनु अहिलेको आवस्यकताका बारे सहजीकरण गरिएको थियो ।

उक्त अभिमुखिकरण कार्यक्रममा सिमकोट गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष, गाउँपालिका शिक्षा शाखा प्रमुख, महिला तथा बालबालिका शाखा प्रमुख एवं प्रतिनिधि, स्वास्थ्य, सामाजिक संयोजक, शिक्षक संगठनका प्रमुख एवं प्रतिनिधि, शिक्षासँग सम्बन्धित संघसंस्था, आधार विकास नेपाल , हेड नेपाल, साहरा समुह,क्याम्पास प्रमुख, विद्यार्थी लगायत सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

अभिमुखिकरण कार्यक्रम सामाजिक समितीका संयोजक नर बहादुर भण्डारीले समापन गर्नुभएको थियो ।

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]