रलिङ्ग माविमा १४२ एभ्रीकोट अर्थात चुली जातका विरुवा रोपियो

नेपालचेक समाचारदाता बिहिबार, चैत्र १७, २०७८

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका  वडा ३ मा  रहेको रलिङ्ग माध्यामिक विद्यालयमा आज वृक्षारोप गरिएको छ । एभ्रिकोट अर्थात चुली जातका एक सय ४२ बोटहरु विद्यालय परिसरमा लगाइएको छ ।

बाख्रेजुर, चिया तथा फलफुल नर्शरी ठेहेले उत्पादन गरेको उक्त चुली जातका बोटहरु लगाइएको सोही विद्यालयका शिक्षक सुर्यमणी बोहराले बताए । जिल्ला कृषि विकास कार्यालय हुम्लाको सहजीकरण र रलिङ्ग माध्यामिक बरगाउँमा स्थापीत रलिङ्ग बाल क्लब तथा शिक्षक कर्मचारीहरुको सक्रियतामा उक्त बोटहरु लगाइएको शिक्षक बोहराले बताए ।

बाख्रेजुर चिया तथा फलफुल नर्सरीका प्रमुख गोरासिंह बोहराले बिना मूल्यमा उक्त बोटहरु निःशुल्क सहयोग गरेकाले विद्यालय परिवारले धन्यवाद प्रदान गरेको छ । विरुवाहरु जोगाएर भविश्यमा विद्यालयलाई हरीयाली बनाउने लक्ष लिएको छ । विद्यार्थीहरुलाई चारवटा सदनमा विभाजन गरी स्याहार सम्मान गर्ने, पानी हाल्ने, जस्ता जिम्मा दिइएको छ । आज रलिङ्ग माध्यामिक विद्यालयका शिक्षक,कर्मचारी र विद्यार्थीले उक्त बोटहरु विद्यालयको खालि रहेको परिसरमा लगाइएको हो ।

रुखले वातावरणलाई स्वच्छ र सफा राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै वृक्षारोपणले विद्यालयलाई फाइदा पुग्ने प्राधानध्यापक छिमि लामाले बताए ।

 

सूचना विभाग दर्ता नं. २६०६/०७७–७८

प्रकाशक
श्री जनमैत्री कृषि सहकारी संस्था लिमीटेड
सिमकोट ५ , हुम्ला

टिमहरु

प्रबन्ध निर्देशक : शुरेस परियार
सह-सम्पादक : दाने बोहरा

सम्पर्क

nepalchek.com
tel: 087680086
mobile no : 9851104721/9867145435
[email protected]
[email protected]
[email protected]