सिमकोट । गत असोजमा परेको अविरल वर्षाले डुवानमा परेर क्षती भएका घरपरिवारहरूले राहत नपाएको गुनासो गरेका छन् । गएको असोज र कात्तिक महिनामा परेको अविरल वर्षाका कारण सिमकोट गाउँपालिका वडा ७ को डाँडाफयाका २ वटा घरलाई पूर्ण रुपमा क्षती बनाएको थियो । वर्षाले क्षती बनाएको करीव पाँच महिना वित्दा पनि स्थानीयले राहतको महसुुस गर्न पाएका छैनन् ।
बाढी पहिरो गएर घर डुवानमा पर्यो नत कसैले राहत नै दिए नत सुनुवाई भयो स्थानीय पीडित मैकला शाहीले गुनासो पोखिन् । रातीको समयमा आएको बाढी पहिरोले गर्दा सोही गाउँपालिका वडा ७ को माझगाउँका स्थानीय मैकला शाहीको २ तले घर र कालि बहादुर विकको १ तले होटललाई क्षेती पुराएको थियो । उक्त वर्षाले पुराएको क्षतीका लागि घर धनीहरूले जिल्लाका विभिन्न स्थानीय तह लगायत सरोकारवाला निकायमा हार गुहार गर्दा पनि कसैले सहयोग नगरेको शाहीको आरोप छ ।
पीडित शाहीका अनुसार ४ वर्ष अगाडी पनि सोही ठाउँमा आफ्नो लगाएको घरलाई डोजरले भत्कायो तर पनि राहत पाइएन् । यतिखेर पनि वर्षाले घर डुवानमा पर्यो जिल्ला विपत व्यवस्थापन समिति र सिमकोट गाउँपालिकाले प्रयाप्त राहतको व्यवस्था नगरेको पीडितको भनाई छ ।
करीव ५ महिनादेखि घर डुवानमा परेको र घर अगाडीको बालि नाली समेत बगाएर लगेपछि दैनिक दिन गुजरा गर्न समेत सकस भएको शाहीले बताए गास, बास र कपासका लागि पटक पटक सिमकोट गाउँपालिकालाई अनुरोध गर्दा पनि आश्वासन मात्रै दिने तर सहयोग नगर्ने उनको भनाई थियो ।
घर डुवानमा परे लगतै धारापोरी प्रहरी चोकीले मुचुल्का गरेको थियो । प्रहरीको मुचुल्काको आधारमा जिल्ला विपत व्यवस्थापन समितिले रु १० हजार रुपैयाँ सहयोग गरे पनि त्यसले केही नपुग्ने पीडित शाहीले जानकारी दिइन् ।