सिमकोट । डिभिजन वन कार्यालय हुम्लाले निःशुल्क रुपमा विरुवा वितरण गर्न आफ्नै नर्सरी तयार पारेको छ । सरदमुकाम सिमकोट तल्लो बजारमा रहेको आफ्नै कार्यालय भवनको अगाडी खाली रहेको भूभागमा नर्सरी निर्माण गरिएको सहायक वन अधिकृत तथा लोजजन शाहीले बताए । डिभिजन वन कार्यालय हुम्लाले उत्पादन गरेका विरुवा सातवटै गाउँपालिकामा निःशुल्क वितरण गरीने भएको सहयाक वन शाहीले बताए ।
नर्सरीमा ६ हजार बिरुवा उत्पादन गरेर सामुदायिक वन, किसान, संघ संस्थालाई वितरण गर्ने योजना रहेको सहायक अधिकृत शाहीले बताए । अहिले नर्सरीमा ओखर, द्यार, ढटेलो, लौंठ, पाँचऔंले, पदमचाल्नु, गन्दैनु आदी इत्यादि बिरुवा धमाधम उत्पादन भईरहेको छ । तयार भएको बिरुवा असारमा बितरण गर्ने योजना रहेको उनले बताए ।
ओखर तीन हजार द्यार तीन हजार गरी ६ विरुवा उमार्न उच्च प्रविधिको ‘हाईटेक’ नर्सरी निर्माण गरिएको छ । बिउ रोप्ने तातो घर निर्माण गरिएको छ । बिउ उमार्न गर्मी ठाउँ चाहिने भएकाले तातो घर बनाइएको सहायक अधिकृत शाहीको भनाई छ । यस्तै अन्य विरुवा बाहिर खुल्ला ठाउँमा उमारीएको छ । वातावरण जोगाउन वन क्षेत्रको बिस्तार र बिकासका लागि नर्सरी अत्यावश्यक रहेकाले निर्माण गरिएको उनले बताए ।
नर्सरीमा तयार भएको विरुवा पाउनका लागि किसानले सामुदायिक वन वा ब्यक्तिले निवेदन दिनुपर्छ । खेर गएको जमिन हराभरा बनाउन, किसानलाई चाहिने विरुवाको आपूर्ती गर्ने उद्दश्यका साथ जडिवुटी खेती बिस्तारमा सघाउने मुख्य योजना रहेको शाहीले बताए । असार महिनामा निःशुल्क विरतण गरीने भएको हो ।